After SEE Portal

ट्रष्टद्वारा विद्यालयलाई कम्प्युटर, स्वाथ्य सामग्री र लत्ताकपडा प्रदान

Bridge Course

एशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले ८ लाख ५० हजार बराबरको सामग्री स्थानीय दुई विद्यालयलाई प्रदान गरेको छ । ट्रष्टले नुवाकोटका दुई विद्यालयलाई कम्प्युटर, स्वास्थ्य सामग्री र न्यानो कपडा प्रदान गरेको हो ।

म्यागङ गाउँपालिका–४ किम्ताङका चन्द्रदेवी आधारभूत विद्यालय र सानुकिम्ताङ माध्यमिक विद्यालयलाई तीन–तीन वटा कम्युटर, स्वास्थ्य सरसफाइका सामग्री र अभिभावकलाई न्यानो कपडा वितरण गरेको विद्यालयले जानकारी दियो ।

ट्रष्टले सानुकिम्ताङ माविलाई रु दुई लाखको कम्युटर, रु. एक लाख बराबरको स्वास्थ्य सहायता सामग्री र विद्यालयका ३०० भन्दा बढी अभिभावकलाई रु. तीन लाख बराबरको न्यानो कपडा (ज्याकेट) उपलब्ध गराइएको हो ।

चन्द्रदेवी माविको लागि रु. दुई लाखको कम्युटर, रु ५० हजार बराबरको स्वास्थ्य सहायता सामग्री र विद्यालयका ११० अभिभावकलाई रु एक लाखभन्दा बढीको न्यानो कपडा (ज्याकेट) उपलब्ध गराइएको ट्रष्टका संरक्षक अजुर्ननरसिंह केसीले जानकारी दिए ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा ट्रष्टले कम्युटर, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सरसफाइका सामग्री उपलब्ध गराइएको हो ।

दिवङ्गत आमाबुबाको नाममा स्थापना भएको ट्रष्टमार्फत नुवाकोट र रसुवालगायतका जिल्लामा शिक्षा र स्वास्थ्यमा सहयोग कार्यक्रम चलाउँदै आएकाले यसलाई विशुद्ध समाजसेवाको रुपमा सहयोग गरिएको उनको धारणा छ ।

माथिल्लो किम्ताङमा रहेको सानुकिम्ताङ माध्यमिक विद्यालयको ५५ औँ वार्षिकोत्सव र चन्द्रदेवी माविको गत मङ्गलबार आयोजित २४औँ वार्षिकोत्सवको अवसरमा ‘एशोदादेवि–भगवानसिंह केसी मेमोरियल ट्रष्ट’ले सहयोग सामग्री उपलब्ध गराएको शिक्षा तथा खेलकुद शाखा शेर सिंह रावतले जानकारी दिए ।

उक्त सामग्री प्रदान गर्न ट्रष्टको तर्फबाट संरक्षक अजर्नुनरसिंह केसी, अध्यक्ष डा केदारनरसिंह केसी, महासचिव जगदिश्वरनरसिंह केसी, प्रजातान्त्रिक विचार समाजका नेता कुलचन्द्र वाग्ले, गोकर्ण अर्यालसहितको टोली विद्यालयमा पुगेका प्रमुख रावतले बताए ।

जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र एवं उच्च पहाडी भूभाग भएकाले उक्त बस्तीका अभिभावकलाई न्यानो कपडा वितरण गर्नाले विद्यार्थीलाई नियमित विद्यालय पठाउन उत्साह मिल्ने तथा विद्यालयलाई उपलब्ध गराइएको कम्युटरले प्रशासनिक कार्यमा सहयोग पुग्ने विश्वासका साथ विद्यालयलाई सो सामग्री हस्तान्तरण गरिएको संरक्षक केसीले बताए ।

आर्थिक अभावको कारण गम्भीर बिरामी भएका सानुकिम्ताङ माविमा अध्ययरत विद्यार्थीको तीनजना अभिभावकलाई ट्रष्टले आफ्नै खर्चमा उपचार गरिदिने प्रतिबद्धता समेत सो कार्यक्रम ट्रस्टले गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books