After SEE Portal

शिक्षक सेवा आयोगले आन्तरिक विज्ञापन पुरानै शैलीमा गर्ने

Bridge Course

शिक्षक सेवा आयोगले शिक्षक छनोटका लागि गर्ने आन्तरिक बढुवाको परीक्षा पुरानै शैलीमा सञ्चालन गर्ने तयारी गरेको छ । विज्ञापन गर्ने अन्तिम तयारीमा जुटेको आयोगले एक पटकका लागि आन्तरिक र खुला प्रतियोगिताको परीक्षा फरक फरक ढाँचामा गर्ने भएको हो । आयोगले ३ हजार ३९१ शिक्षकको बढुवा प्रतियोगिताबाट गर्ने भएको छ । यी सबै परीक्षार्थीको परीक्षा आयोगले १०० पूर्णाङ्कको गर्ने भएको हो ।

आयोगले आन्तरिक बढुवाका लागि लिने सबै तह र श्रेणीको परीक्षा विगतमा जस्तै १०० पूर्णाङ्ककै गर्ने भएको छ भने खुला प्रतियोगिताका लागि सामान्य परीक्षाको १०० पूर्णाङ्कमा ५० नम्बर ल्याएपछि मात्र विषयत परीक्षामा सामेल गराउने प्रावधान सहित नियमावली संशोधनका लागि मन्त्रालयमा पठाएको प्रस्ताव मन्त्री परिषद्मा पुगेको आयोगले जानकारी दियो । आयोगका अनुसार सामान्य परीक्षाको उत्तीर्णाङ्क ५० हुने भएको छ भने विषयत परीक्षाको उत्तीर्णाङ्क ४० कायम गरिने भएको छ ।

सामान्य परीक्षामा ५० ल्याएका विद्यार्थीको २५ नम्बर विषयगत परीक्षामा जोडी ४०ं २५ . ६५ हुने छ । विषयतगत परीक्षामा ४० भन्दा माथि नम्बर ल्याएका विद्यार्थी छनोट हुने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । परीक्षार्थाीले सामान्य परीक्षामा ल्याएको ५० अङ्कलाई २५ प्रतिशतको मान्यता दिई विषयगतको ४० मा जोडी नतिजा प्रकाशन गर्दा ६५ नम्बर हुने र विषयतगतमा ४० भन्दा माथि नम्बर ल्याएकालाई उत्कृष्ट विद्यार्थीका रुपमा छनोट गरिने भएको छ ।

विषयगत परीक्षा पनि उत्तीर्ण भएका विद्यार्थीलाई अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा लिन सक्ने प्रावधान छ । प्रयोगात्मक परीक्षाका लागि २५ अङ्क र अन्तर्वार्ताका लागि २५ अङ्क पूर्णाङ्क कायम गरेर शिक्षक नियुक्तिका लागि सिफारिस गर्ने छ । प्रयोगात्मक परीक्षा विषयको प्रकृति हेरी आवश्यक ठानेमा मात्र आयोगले सञ्चालन गर्ने आयोगका सूचना अधिकारी मरहठ्ठाले जानकारी दिए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शक्षिक सेवा आयोगको नयिमावली, २०५७ को ११ औं संशोधनका लागि आयोगको प्रस्ताव मन्त्री परिषद्मा पुर्याएको मन्त्रालय स्रोतले जानकारी दियो ।

आयोग नयिमावली २०५७ को दफा ९१८० र ९३८० नम्बरको बुँदा संशोधन र दफा १८ को परीक्षाको पूर्णाङ्क र उत्तीर्णाङ्क सम्बन्धी व्यवस्थामा आयोगबाट लइिने प्रतियोतिात्मक परीक्षाको पूर्णाङ्कको वषिय र दफा ३८ को परीक्षाको पाठ्यक्रम तथा बढुवा सिफारिस सम्बन्धी अन्य व्यवस्थाको दुई नम्बर बुँदा संशोधन गर्ने गरी प्रस्ताव मन्त्री परषिद्मा पुर्याएको हो ।

आयोगका अनुसार माध्यमिक तहमा १ हजार ५४७, निम्न माध्यमिक तहमा २ हजार ५९५ र प्राथमिक तहमा १३ हजार ८५ स्थायी शिक्षक छनोट गर्नुपर्ने छ । यसका अलवा संस्कृत धारका केही विषयको शिक्षक छनोट गर्न आयोगले खुला शिक्षक छनोट गर्नुपर्ने दायित्व रहेको सूचना अधिकारी मरहठ्ठाले जानकारी दिए ।

केन्द्रले २०७८ चैत मसान्तसम्म अनिवार्य अवकाश हुनेसहित रिक्त हुने शिक्षकको दरबन्दी विवरण आयोगमा पठाएको हो । त्यसमा ३ हजार ३९१ शिक्षकको बढुवा प्रक्रियामा रहेको छ । सबैको संख्या जोडेर २० हजार भन्दा बढी शिक्षक छनोट गरेर मात्र आयोग लाइसेन्सको परीक्षा गर्ने तयारीमा जुटेको छ ।

A Levels MA