After SEE Portal

कक्षा ११–१२ का शिक्षकले बाधे हातामा कालोपट्टी

Bridge Course

देशैभरका कक्षा १२–१२ अध्यापनरत शिक्षकले हातमा कालोपट्टि बाधेर आज अध्यापन गराएका छन् । विद्यालयको संरचना कक्षा १२ सम्म पुर्याएपछि पनि सरकारले प्रति विद्यालय दुई जना अस्थायी शिक्षक र केही आंशिक, अनुदानका गरी जम्मा ६ हजार शिक्षकलाई मात्र अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको हुँदा आफ्नो न्यायोचित व्यवस्थापनको माग गर्दै शिक्षकहरूले आज कालोपट्टि बाधेका हुन् ।

विगत ३० वर्षदेखि कक्षा ११–१२ सञ्चालन हुँदै आए पनि स्थायी शिक्षक एक जना पनि नभएको हुँदा कार्यरत शिक्षकलाई शिक्षक सेवा आयोगबाट मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेर हद नलाग्ने गरी स्थायी पदपूर्ति गरिनुपर्ने माग सहित एक सातादेखि साबिक उच्च माविका शिक्षक चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

पूर्व घोषित कार्यकम अनुसार आज हातमा कालो बाध्ने र ३० कक्षा ११–१२ अध्यापन हुने विद्यालयमा पेनडाउन गरी पठनपाठन एक दिनका लागि स्थगन गर्ने कार्यक्रम रहेको माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले जानकारी दियो ।

हिस्टुनले गरेको आन्दोलनको सर्कुलर बमोजिम देशैभरका उच्च माविमा प्रधानाध्यापकलाई ज्ञापन पत्र बुझाई हातमा कालो पट्टि बाधेर अध्यापन गराएका छन् ।

हिस्टुनले आफ्ना १६ बुँदे मागबारे सोमबार ७७ ओटै जिल्लाबाट सांसदहरूलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण समेत गराएका छन् ।

A Levels MA
Thuprai - Books and E-books