After SEE Portal

भदौ २९ गते भित्र शिक्षकले सम्पत्ति विवरण पठाउनु पर्ने

Bridge Course

राष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षकको सम्पत्ति विवरण पठाउन सूचना जारी गरेको छ । साउन १ गतेदेखि भदौ २९ गतेभित्र राष्ट्रिय किताबखानामा सम्पूर्ण शिक्षकको सम्पत्ति विवरण पठाउन सूचित गरिएको छ ।

प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेस गर्नुपर्ने प्रावधान भएकोले  किताबखानाले सूचना जारी गरेको हो ।

भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धानको ऐन अनुसार प्रत्येक आर्थिक वर्षको समाप्ति पछि सम्पत्ति विवरण पेस गर्नु पर्ने  प्रवधान रहेको छ ।

सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुको विवरण पठाउने व्यावस्था गर्न गराउन सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई  आज सूचना जारी गर्दै आग्रह गरेको छ ।

शिक्षकको आर्थिक वर्ष २०७७–०७८ को सम्पत्ति विवरण नेपाल नेपाल राजपत्र भाग ५ खण्ड ६० संख्या १ नेपाल सरकार , प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयको सूचनामा तोकिएको ढाँचामा सम्पत्ति विवरण फारम भरी विद्यालय वा स्थानीय तहले संकलन गरी सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनु पर्ने र इकाइले साउन १ गतेदेखि २९ गतेभित्र राष्ट्रिय किताबखानामा पठाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७८ र०७९ भित्र सेवानिवृत्त भएको शिक्षकले समेत नियम अनुसार सम्पत्तिविवरण बुझाउनु पर्ने छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा ३१ (क) मा सम्पत्ति विवरण पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

A Levels MA