After SEE Portal

कागज बाल्दा तनाव

Bridge Course

जनक शिक्षा सामग्री केन्द्रमा तीन दिनदेखि झुरा कागजमा आगो लगाइँदै आएको छ । कार्यालय समयदेखि अपरान्ह ५ बजेसम्म कागज बालिँदै आएको छ ।

आगोको धूवाँले वरपरका कार्यालयका कर्मचारीहरु तनावमा देखिएको छन् । दुर्गन्धित धुवाँले निकै टाउको दु:खाउने गरेको कर्मचारीहरु गुनासो गर्छन् ।

अहिले जनक शिक्षामा एसईईको प्रश्नपत्र छाप्ने कार्य सकिएपछि पाठ्यपुस्तक र स्थानीय निर्वाचनका लागि मतपत्र छपाइ हुँदै आएको छ ।झुरा कागज बिक्री गर्नुको सट्टा जलाइएको प्रति जनक शिक्षाका कर्मचारी समेत चकित छन् ।

त्यति ठूलो निकायमा कागत नस्ट गर्ने उपकरण नभएको र परम्परागत विधिबाट धुल्याउने गरिएकोमा वरपरका कार्यालयका कर्मचारीले अनौठो मानेका छन् । यस बारेमा जनक शिक्षाका प्रबन्ध सन्चालक अनिलकुमार झासङ्ग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

A Levels MA
Thuprai - Books and E-books