After SEE Portal

प्रदेश तथा स्थानीय सरकारले उपयोगी सिकाइ सामग्री तत्काल छपाइ गर्नुपर्ने ( उपयोगी सामग्री सहित)

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले पूर्व प्राथमिक तहदेखि कक्षा तीन सम्मका घरैमा नै गराउन सकिने सिकाइ क्रियाकलापहरु छपाइ गर्न प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेको छ ।

शाखाका निर्देशक गेहनाथ गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा सातैओटा प्रदेश सरकार र सबै स्थानीय तहलाई उक्त सामग्री छपाइ गर्न निर्देश गरेको उल्लेख गरिएको छ ।

कोभिड १९ भाइरसको संक्रमणका कारण घरमा बसी रहेका बालबाललिकालाई अभिभावकको सहयोगमा गराउन सकिने सिकाइ क्रियाकलापहरु समेटिएका पूर्व प्राथमिक देखि कक्षा ३ सरहका पुस्तकहरु केन्द्रको वेबमा राखिएको हुँदा उक्त सामग्रीहरु आवश्यकताअनुसार तत्काल छपाइ गरी आफ्नो क्षेत्रमा वितरण गर्न प्रदेश तथा स्थानीय तहलाई केन्द्रले आग्रह गरेको हो ।

पूर्व प्राथमिक तहको उपयोगी सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस्ः

कक्षा एकको उपयोगी सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस्ः

कक्षा दुईको उपयोगी सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस्ः

कक्षा तीनको उपयोगी सामग्री हेर्न यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA