After SEE Portal

स्ववियु चुनाव रोकियो, चैत्र अन्तिम साता गर्ने तयारी,विद्यार्थि आन्दोलन शिथिल बन्दै

Bridge Course

विद्यार्थिका हकहितका लागि भातृ संगठनका रुपमा खडा भएका विद्यार्थि संगठनहरु विस्तारै शिथिल हुँदै गएका छन् । विद्यार्थिको हकहितमा भन्दापनि राजनितिक एजेण्डामा विद्यार्थी संगठनहरु सकृय रहेको पाइएको छ ।  

शैक्षिक एजेण्डामा विद्यार्थि संगठनहरु केन्द्रित नभएको देखिएको छ  ।

यहि ४ फागुनदेखि चुनाव प्रकृया सुरु गर्ने कार्यतालिका समेत सार्वजनिक गरिएको थियो । 

यसैविच, विद्यार्थिहरुबिच तालमेल नमिल्दा त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थि युनियनको चुनाव स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवश अर्को निर्णय नभएसम्मका लागि स्ववियु चुनाव स्थगित गरेको त्रिविले जनाएको छ ।

त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुषालका अनुसार चैत अन्तिम सातासम्म चुनाव गर्ने गरी विद्यार्थि संगठनसंग छलफल गरीने त्रिविको योजना छ । 

त्रिवि अन्तर्गत् रहेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले क्याम्पसलाई परिपत्र गर्दै तोकिएको मितिमा चुनाव नहुने जानकारी गराइसकेको छ । यही १४ फागुनमा स्ववियु चुनावको मिति तय भएको थियो ।

त्रिवि र यस अन्तर्गतका प्राय क्याम्पसहरुमा वि.सं.२०६५ यता चुनाव हुन सकेको छैन । 

२०७३ मा दुई सय ५० वटा क्याम्पसमा मात्र चुनाव भएको थियो ।

विद्यार्थिहरुविच तालमेल नमिल्दा, उमेर हदवन्दिका कारण चुनाव रोकिदैं आएको छ । प्रत्येक दुइ दुइ वर्षमा चुनाव हुनुपर्ने हो । यहि ४ फागुनदेखि चुनाव प्रकृया सुरु गर्ने कार्यतालिका समेत सार्वजनिक गरिएको थियो । 

A Levels MA
Thuprai - Books and E-books