After SEE Portal

दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२ आयोजना हुने

Bridge Course

नेपाल र अमेरिका विद्यार्थीहरुलाई संयुक्त रुपमा प्रतिस्पर्धा गराइने भएको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाको साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीले स्नातक तहमा अध्ययनरत विद्यार्थीविच ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ आयोजना गराउने भएको हो । विद्याथीहरुमा क्रिटिकल थिङ्किङको विकास गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

दुवै देशमा अध्ययनरत विद्यार्थीलाई संयुक्त रुपमा प्रतिपर्धा गराएर प्रथमलाई तीन  हजार, दोस्रोलाई दुई हजार र तेस्रोलाई एक हजार अमेरिकी डलर प्रदान गर्ने शिक्षा पत्रकार समूहद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष वुद्धिसागर सुवेदीले जानकारी दिए ।

सो प्रतिस्पर्धामा समूह कार्यबाट सिकाइ आदानप्रदान, क्रस कल्चर सिक्ने, सिकाइ सिप सिक्ने अवसर पाउने कार्यक्रमका अध्यक्ष डा. माधव पाण्डेले जानकारी दिए ।

ड्रिम विग च्यालेन्ज पहिलो चरणको कार्यक्रममा अमेरिकाका इलिमेन्टरी, मिडिल एण्ड हाइ स्कुलका सय विद्यार्थी सहभागी भनेको अध्यक्ष सुवेदीले जानकारी दिए । सो कार्यक्रम प्रभावकारी देखिएको हुनाले नेपाल र अमेरिकाका विद्यार्थीका विचमा गर्न लागिएको उनले बताए ।

यो कार्यक्रमका लागि गैर आवासीय नेपाली सङ्घ युएसए र शिक्षा पत्रकार समूहविच सहकार्य हुने सम्मेलनमा जानकारी दिइयो ।

सिप क्षमता आदानप्रदान गर्ने र स्रोत प्रदान गरेर त्यसको परिचलनका विषयमा प्रस्तुत गरेका प्रस्तावका आधारमा राम्रो प्रस्तुतिलाई पुरस्कृत गरिने सम्मेलनमा जानकारी दिए । ‘दुइ देशका समकक्षी विद्यार्थीलाई समूह बनाइ आपसी सद्भाव, विश्वास, सम्बन्ध प्रगाढ लगायत सिप आदान प्रदान गर्न सक्छन् ।’ अध्यक्ष सुवेदीले भने, ‘यसको प्रभावकारितालाई हेरेर यसलाई विस्तार गर्न सकिने छ ।’

A Levels MA
Thuprai - Books and E-books