After SEE Portal

दुई महिना अघिदेखि हिमपातबाट बन्द विद्यालय खुल्यो

Bridge Course

हिमपातका कारण करिब दुई महिना अघिदेखि बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन सुरु भएको छ । अत्याधिक हिमपातका कारण पुस १५ देखि बन्द गरिएको विद्यालय सञ्चालनमा आएको हो ।

समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्ने सो विद्यालय अत्याधिक जाडोका कारण बन्द गरिएको विद्यालयका प्रधानध्यापक डिकबहादुर केसीले जानकारी दिए । हिमपातका कारण कक्षामा बस्नै नसक्ने भएपछि बाध्य भएर विद्यालय बन्द गरिएको उनले जानकारी दिए । विद्यालयमा ३२ जना विद्यार्थी अध्ययनरत छन् । विस्तारै मौसममा सुधार आएसंगै विद्यालय सञ्चालनमा आएको विद्यालयले जानकारी दियो ।

यस्तै फक्ताङलुङ गाउँपालिका– ६ घुन्साको घुन्सा आधारभू्त विद्यालय पनि सञ्चालनमा आउने भएको छ । समुद्र सतहदेखि तीन हजार ५०० उच्चाइमा पर्ने सो विद्यालय पनि हिमपातका कारण दुई महिना अघिदेखि बन्द गरिएको थियो ।

घुन्सामा हिमपात हुन शुरु भएसँगै गत पुसको पहिलो हप्तामै विद्यालय बन्द भएको थियो । सो विद्यालय फागुन १५ देखि पठनपाठन हुने तयारी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रकाश रिजालले जानकारी दिए । सो विद्यालयमा ४२ विद्यार्थी अध्यायनरत रहेका छन् ।

A Levels MA