After SEE Portal

विद्यालय कर्मचारी परिषद्ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने

Bridge Course

आफ्ना मागका विषयमा वेवास्ता गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

जिल्ला अध्यक्ष सहितको राष्ट्रिय समितिको बैठकले दोस्रो चरणको आन्देलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो । राष्ट्रिय समितीले बबन कुमार मिश्रको संयोजकमा ११ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरी केही दिन भित्र दोश्रो चरणकको आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको अध्यक्ष गंगाराम तिवारी बताए ।

तिवारीले नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको जेठ २१ गते गरेको पहिलो चरणको आन्दोलनको समिक्षासँगै अब दास्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भएको बताए ।

A Levels MA