After SEE Portal

आजदेखि विद्यालय खुल्दै

Bridge Course

कोभिड–१९ को तेस्रो लहरको जोखिम सङ्क्रामक रुपमा फैलिएसंगै कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सुरक्षाको मापदण्ड परिपालना गर्दै आजदेखि विद्यालय खुल्दैछन् ।

सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई गत साता सिफारिस गरेसंगै शिक्षा मन्त्रालयको निर्देशन अनुसार विद्यालयले भौतिक उपस्थितिमै पठनपाठन गराउन लागेका हुन् ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्था सहित विद्यालय सञ्चालन गर्न लागिएको विद्यालयले जानकारी दियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले फागुन एक गतेखि विद्यालय सञ्चालन गर्ने ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाईलाई गत माघ २८ गते नै निर्देशन दिइसकेको छ ।सोही निर्देशन अनुसार एकाइले सम्बन्धित स्थानीय तहलाई विद्यालय सञ्चालन गर्न स्थानीय डीसीएमसीको निर्णय अनुसार गर्न गराउन सुझाव दिइको एकाईहरु बताउँछन् ।

यस अघि जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि अधिकांश स्थानीय तहले आफ्नो मातहतका विद्यालय सञ्चालन गर्न निर्देशन दिइसकेका छन् । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन एक गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्न सिफारिस गरेसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शैक्षिक संस्था खोल्ने निर्णय गरेको छ ।

उक्त निर्देशन अनुसार काठमाडौंका अधिकांश स्थानीय तहले आजदेखि विद्यालय सञ्चालनमा ल्याइसकेका छन् । गोकर्णेश्वर नगरपालिकाले माघ २३ गते देखि विद्यालय सञ्चालनमा ल्याइसकेको छ । भने काठमाडौं महानगरपालिकाले माघ २७ गते सूचना जारी गर्दै १२ वर्ष पुरा भएका विद्यार्थीलाई नियमित र सो भन्दा कम उमेर समूहका विद्यार्थीलाई आलोपालो कक्षा सञ्चालन गरेसंगै काठमाडौंका विद्यालयले सोही निर्देशन बमोजिम विदार्थीलाई आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन गराउने तयारी गरेका छन् ।काठमाडौंका विहानी सत्रमा सञ्चालन हुने कक्षा आज विहानैबाट सुरु भइसकेका छन् भने विद्यालय पनि आजैबाटै खुल्दै छन् ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय ललितपुरले माघ २३ गते नै आजदवेखि शैक्षिक संस्था खोल्ने निर्देशन दिइसकेको छ । सोही निर्देशसअनुसार ललितपुर महानगरपालिकाले आज देखि आफ्नो मातहतका विद्यालय भौतिक रुपमा सञ्चालन गर्न निर्देशन दिइसकेको छ । महानगरको निर्देशनपछि विद्यालयले अभिभावक तथा विद्यार्थीलाई विद्यालय आउन आग्रह गरिसकेका छन् ।

ललितपुरका अन्य स्थान्ीय तहले पनि स्वास्थ्य सुरक्षा सीसीएमसीको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण विधि अपनाउँदै विद्यालय सञ्चालनमा ल्याउन सूचित गरेका छन् ।

ललितपुर महानगरपालिकाले स्वास्थ्य सुरक्षा र बसाइ व्यवस्थाको उचित प्रबन्ध सहित विद्यालय खोल्न निर्देशन दिइएको शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले जानकारी दिए ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ २३ गते मध्यराती नै आदेश जारी गरी आज देखि सबै शैक्षिक संस्था सञ्चालन गर्न निर्देशन दिएको छ ।

सोही अनुसार स्थानीय तहले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड लागु गर्दै आजबाट विद्यालय सञ्चालनमा ल्याउन लागेको जानकारी दिएका छन् । भक्तपुरका चारओटै स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याउन विद्यालयलाई निर्देशन दिएका छन् ।

मध्यपुर ठिमी नगरपालिकाले विद्यालयमा स्पनिटाइजरको प्रयोग, विद्यालय प्रवेश गर्दा अनिवार्य रुपमा सावन पानीले हात धुने, मास्क लगाउने र तापक्रम मापन गर्ने व्यवस्था मिलाउने र स्वामय मापदण्ड पालना हुनेगरि कक्षाकोठामा बसाईको व्यवस्था मिलाई सहज सिकाइको वातावरण सिर्जना गर्न विद्यालयलाई निर्देशन दिएको शिक्षा शाखा प्रमुख मानेन्द्र बनले जानकारी दिए ।

कोरोना सङ्क्रमण जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाका कारण बन्द कास्कीका शैक्षिक संस्था पनि आजै देखि खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी निषेधाज्ञाको आदेशलाई खुकुलो बनाउँदै स्वास्थ्य मापदण्डको पालना गर्ने गरी भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्न अनुमति दिएसंगै विद्यालयले कक्षा सञ्चालनमा ल्याएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पहिलो पटक पुस २७ दखि माघ १५ गते सम्म देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हुने गरी विदा गर्ने निर्णय गरेको थियो । सोही विदालाई लम्ब्याएरले मन्त्रालयले माघ मसान्त सम्म सबै विद्यालय बन्द गर्न निर्देशन दिएको थियो ।

A Levels MA