After SEE Portal

काठमाडौं महानगरका सबै विद्यालयमा एउटै शैक्षिक क्यालेण्डर

Bridge Course

काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालयहरूले शैक्षिक सत्र २०७९ मा एकै किसिमका बार्षिक शैक्षिक क्यालेन्डर बनाउनु पर्ने भएको छ ।

महानगरपालिका शिक्षा विभागद्वारा नगरकोटमा आयोजित सामुदायिक विद्यालयका प्रधानध्यापकहरूसंगको छलफल तथा अन्तक्रिया कार्यक्रममा महानगरपालिका अन्तर्गतका सबै सामुदायिकमा शैक्षिक गतिविधिमा एकरुपता ल्याउने यस्ते निर्णय गरिएको हो ।

सो छलफलमा शैक्षिक सत्र २०७८ को बार्षिक परीक्षाफल २०७९ वैशाख २१ गते प्रकाशित गर्ने, शैक्षिक सत्र २०७९ को लागि वैशाख २२ गतेदेखि जेठ ४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन तथा शैक्षिक योजना निर्माण गर्ने, जेठ ५ गतेबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैगरी सो बैठकमा साउन १ गतेदेखि १५ गतेसम्म गर्मी विदा दिने, भदौ ५ गतेबाट प्रथम त्रैमासिक परीक्षा सञ्चालन गर्ने, दशै र तिहार विचको १४ दिन विद्यालय बन्द गर्ने, पौष ५ गतेबाट दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्ने, पौष १७ गतेबाट माघ २ गतेसम्म १६ दिन जाडो विदा गर्ने गरी शिक्षा विभागले सबै विद्यालयलाई परिपत्र गरेको छ ।

हरेक विद्यालयले स्थानीय आवश्यकताको आधारमा ५ दिन स्थानीय बिदा दिनसक्ने र आधारभूत तहको कक्षा ८ को महानगरपालिका स्तरीय बार्षिक परीक्षा र अन्य कक्षाको बार्षिक परीक्षाको समय तालिका प्रकाशन भएपछि सोको आधारमा पछि जानकारी गराइने सो पत्रमा उल्लेख गरिएको छ।

A Levels MA
Thuprai - Books and E-books