After SEE Portal

शिक्षक कर्मचरीको तलब प्रदेश वा संघबाटै दिइनु पर्ने

Bridge Course

धनुषाका शिक्षकहरूले आफ्नो तलब प्रदेश वा संघबाट नै प्रदान गर्नुपर्ने माग गरेका छन् ।

धेरै स्थानीय तहले समयमा नै तलब निकासा नगरेपछि शिक्षकहरूको पेसागत संघसंगठनका अध्यक्षको संयुक्त बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो ।

अध्यक्षहरूको हिजोको बैठकले नगराइन नगरपालिकाले साउनदेखिको शिक्षक कर्मचारीको तलब प्रदान नगरेको हुँदा भोलि शुक्रबार सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

सो बैठकले विद्यालय बन्द गर्दा पनि स्थानीय सरकारले सुनुवाइ नगरे शिक्षक कर्मचारीले दोस्रो चरणको आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।त्यसैगरी अध्यक्षहरूले क्षिरेश्वर नाथ नगरपालिका, कमला नगरपालिकासंग पुस १५ गते भित्र तलब भत्ता दिने सहमति भएको हुँदा ती नगरपालिकाको पहिलो चरणको आन्दोलन स्थगित गर्ने निर्णय समेत गरेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books