After SEE Portal

भक्तपुरका विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

Bridge Course

भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको पारिश्रमिक थप गर्ने भएको छ ।

नगरपालिकाले आव २०८०–८१ को अनुमानित आय—व्यय (बजेट) प्रस्तुत गर्दै विद्यालय कर्मचारीलाई पनि पारिश्रमिक थप गर्ने घोषणा गरेको हो ।

नगरपालिकाले प्रति कर्मचारी मासिक रु. २ हजारका दरले थप पारिश्रमिकको व्यवस्था गरेको छ ।

नगरपालिकाले यस अघि देखि नै बालविकास सहजकर्तालाई प्रतिव्यक्ति ४ हजार रुपियाँका दरले थप पारिश्रमिक प्रदान गर्दै आएको थियो ।

सरकारले  चालु आवको बजेटमा वालबाविकास सहजकर्तालाई मासिक ७ हजार दायित्व स्थानीय सरकारलाई तोकिदिएपछि त्यसमा थप दुई हजार थप गरेर बालविकास सहजकर्तालाई पारिश्रमिक प्रदान गर्दै आएको  नगरका प्रवक्ता दामोदर सुवालले बताए ।

 भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको १४ औं नगर सभाको बैठकमा उपप्रमुख रजनी जोशीले विदालय कर्मचारी र   र इसीडी शिक्षकको तलब वृद्धि गरेको घोषणा गरेकी हुन् ।

A Levels MA