After SEE Portal

आज साझ एसईईको नतिजा सार्वजनिक हुने

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साझ सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा आज सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्ड सूत्रले सोमबार बसेको बैठकमा नतिजा सार्वजनिक गर्न आवश्यक तयारी सकिएकाले नतिजा सार्वजनिक गर्ने निष्कर्षमा पुगेको हो । एसईईको नतिजा केहीबेर पछि ज https://see.edusanjal.com/  बाट पनि हेर्न सकिन्छ । 

कोभिड–१९ का कारण गत चैत ५ गते एसईई परीक्षा स्थगित भएको थियो । एसईईमा करिव चार लाख ८२ हजार परीक्षार्थी सहभागी भएका थिए तर कोरोना भाइरसको समस्याले यसपटक परीक्षा सञ्चालन हुन सकेन र विद्यालयले लिएको अन्तिम परीक्षाका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिएको छ । विद्यालयले पठाएको विद्यार्थीको प्राप्ताङ्कलाई बोर्डले प्रमाणीकरण गरी अक्षराङ्कन पद्धतिमा प्रमाणपत्र उपलब्ध गराउनेछ । 

गत साता नै परीक्षाको नतिजा वेबसाइटमा राख्न तयारी अवस्थामा भए पनि कोरोना भाइरसको सङ्क्रमण बढेका कारण नतिजा प्रकाशनको कार्य रोकिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) रामराज खकुरेलका अनुसार प्राविधिक कारण अघिल्लो हप्ता नै सार्वजनिक गर्नुपर्ने नतिजा आज सार्वजनिक हुने भएको हो ।

A Levels MA
Thuprai - Books and E-books