A Levels MA

निमाविका शिक्षक छनोट भएपछि मात्र प्राविको सामान्य परीक्षाको नतिजा सार्वजनिक गर्ने ( साप्ताहिक शैक्षिक गतिविधि मंसिर १६–२३)

पुसमा माध्यमिक तह, माघमा निम्नमाध्यमिक तह र फागुनमा प्राथमिक तहको विज्ञापन गर्ने गरी २०७९ सालको बार्षिक कार्यतालिका सार्वजनिक गरेको शिक्षक सेवा आयोगले गत वर्ष आव्हान गरेको तीनै तहको खुला तर्फको शिक्षक छनोटको परीक्षा अन्तर्गत माध्यमिक तहमा शिक्षक नियुक्तिका लागि सम्बिन्धित निकायमा सिफारिस गरिसकेको छ । त्यसैगरी निम्न माध्यमिक तहको विषयगत परीक्षाको नतिजा सार्वजनिक गरेर अन्तर्वार्ताको तयारी गरिरहेको छ । मंसिर २८ गते सञ्चालन गर्ने अन्तर्वार्ता कार्यक्रम पुस ४ गते सम्म सक्ने गरी सूचना जारी गरेको छ ।

निवि तहका सबै विषय शिक्षक नियुक्तिका लागि सिफारिस गरिसकेपछि मात्र आयोग प्राथमिक तहको सामान्य परीक्षाको नतिजा सार्वजनिक गरी अन्तर्वार्ताका लागि उम्मेद्वार छनोग गर्ने तयारीमा रहेको जनाएको छ ।

आयोगले निमाविको अन्तर्वार्ताको सिफारिस गरिसकेपछि प्राथमिक तहको नतिजा प्रकाशन गरेको अवस्थामा उम्मेदवारहरु नदोहोरिने र प्राविमा अन्य योग्य उम्मेदवारहरू आउने भएकोले निमाविका शिक्षक सिफारिस गरेपछि मात्र प्राविको नतिजा सार्वजनिक गर्ने भएको बताएको छ ।

आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षा केन्द्र कायम भई परीक्षा सञ्चालन भएको जिल्लाको शिक्षा विकास तथा समन्वयमा पठाएको छ ।

लाइसेन्स परीक्षामा उत्तीर्ण उम्मेदेवारले सम्बन्धित एकाइमा सम्पर्क राख्नु पर्ने जनाएको हो । लाइसेन्स वितरण गर्न सुरु भएको एक वर्ष भित्र लिइसक्नु पर्ने आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ

भक्तपुरको सूर्यविनायक नगरपालिका घलाटेमा सञ्चालित सुवाल इन्टरनेसनल कलेज सम्बन्धित निकायबाट स्वीकृति बिना नै सञ्चालनमा आएको पाइएको छ ।

बिना स्वीकृति तथा सम्बन्धन सञ्चालन भएको उजुरी परेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले अनुसन्धान गर्दा विश्वविद्यालयबाट सम्बन्धन तथा सञ्चालन अनुमति नलिएको पाईएको परिसरका प्रवक्ता डीएसपी राजु पाण्डेले बताए । ‘हाम्रो अनुसन्धानमा सम्बन्धित निकायबाट अनुमति तथा सम्बन्धन नलिएको देखियो ।’ उनले भने, ‘यो ठगी हो । अब त्यहि अनुसार मुद्दा अगाडी बढ्छ ।’

उजुरी परेपछि परिसरले कलेजको प्रिन्सिपल भनिएका डाप्रकाश सुवाललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । कलेज कुन कुन विषय पढाउने भनेर कतिलबाट शुल्क असुलेको सो विषयमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दियो ।

विद्यार्थीले प्रहरी वृत्त जगातीमा जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उक्त कलेजले नर्सिङ, फार्मेसी र एचए लगायतका विषय पढाउने भन्दै २ सय ७० जना भन्दा धेरै विद्यार्थी भर्ना लिएकाृ पीडित विद्यार्थीले बताएक छन् ।

उक्त कलेजको सम्बन्धनका विषयलाई लिएर त्रिभुवन विश्वविदालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले सम्बन्धन नलिएका शिक्षण संस्थामा विद्यार्थी भर्ना नगर्न अभिभनवक तथा विद्यार्थीलाई आव्हान गर्दै सूचना जारी गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षान्त समारोहमा १० हजार २ सय विद्यार्थीहरु उपस्थित भएका थिए । दीक्षान्त समारोमा विभिन्न अध्ययन संस्थान तथा संकायका डीनहरूले ६० औं गे्रसलिष्ट अनुसार २०७८ असार १ देखि २०७९ जेठ ३१ सम्म ट्रान्सक्रिप्ट प्राप्त गरिसकेका सेमेष्टर तथा बार्षिक परीक्षा प्रणाली अन्तर्गतका स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तहका विद्यार्थी उपस्थित भएका थिए।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहले एउटा कार्यक्रमको बजेट अर्कोमा खर्च गर्न नपाउने गरी स्थानीय तहलाई बजेट निकासा गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

केन्द्रले सूचना जारी गर्दै भौतिक पूर्वाधार निर्माण र आइसीटी ल्याब निमार्ण कार्यक्रम कार्यान्वयन प्रक्रिया सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो ।

कक्षा ५, ८ र १० का सबै पाठ्यपुस्तक तयार गरिएको छ । आगामी २०८० सालको शैक्षिक सत्रबाट ती कक्षाका नयाँ पाठ्यपुस्तक अध्यापन गरिनेछ ।

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा। बाबुराम ढुङ्गानाले यी तीन वटा कक्षाका पाठ्यपुस्तक कार्यान्वयनमा आएपछि नयाँ पाठ्यपुस्तकको ‘चेन’ पूरा हुने बताउँदै भने, “यसको प्रिन्ट रेडी कपी ९पिआरसी० पनि तयार भइसकेको छ । यो महिनाभित्र जनक शिक्षालाई उपलब्ध गराइसक्नेछौँ ।”

वीरगञ्ज महानगरपालिका आफ्नो मातहतका विद्यालयको शुल्क निर्णारण गरेको छ । महानगरपालिकाले विद्यालयको स्तर निर्धारण गरी स्तर अनुसारकै शुल्क निर्धारण गरेको हो ।

मानगरपालिकाले शैक्षिक सत्र २०७९ जेठ १ गतेदेखि लागू हुने गरी निजी विद्यालयको शुल्क निर्धारण गरेको जानकारी दियो ।

Thuprai - Books and E-books