After SEE Portal

२ महिनाको मासिक शुल्कभन्दा बढी वार्षिक शुल्क लिन नपाउने

Bridge Course

वीरगञ्ज महानगरपालिका आफ्नो माातहतका विद्यालयको शुल्क निर्णारण गरेको छ । महानगरपालिकाले विद्यालयको स्तर निर्धारण गरी स्तर अनुसारकै शुल्क निर्धारण गरेको हो । 

मानगरपालिकाले  शैक्षिक सत्र २०७९ जेठ १ गतेदेखि लागू हुने गरी निजी विद्यालयको शुल्क निर्धारण गरेको जानकारी दियो ।  

क वर्गका विद्यालयले नर्सरीमा मासिक शुल्क २ हजार ९३ रुपियँँ लिन पाउनेछन् ।  महानगरले १ महिनाको मासिक पढाइ शुल्क भन्दा बढी धरौटी नलिन, २ महिनाको मासिक शुल्क भन्दा बढी वार्षिक शुल्क नलिन, दुरीको आधारमा सवारी भाडा तय गरेर लिन, अन्य शुल्क लिनुपर्दा अभिभावक भेलाबाट पारित गरेर मात्रै लिन निर्देशन दिएको छ ।

 महानगरले पहिलो पटक विद्यालयको स्तर निर्धारण गरेको छ । महानगरभित्र सञ्चालित १४८ निजी विद्यालय मध्ये ५८  विद्यालयले मात्र स्तर निर्धारणका लागि आवेदन दिएका थिए । ती मध्ये ६ ओटा  विद्यालय  ‘क’ वर्गमा, २४ वटा ‘ख’ वर्गमा, २७ वटा ‘ग’ वर्गमा र एउटा विद्यालय ‘घ’ वर्गमा परेको महानगर शैक्षिक प्रशासन महाशाखाले जानकारी दियो । स्तर तथा शुल्क निर्धारणको प्रक्रियामा नआएका विद्यालय स्वतः ‘घ’ वर्गमा परेको महानगरपालिकाले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books