Edusanjal

त्रिविको ४८ औं दीक्षान्त समारोहमा सञ्चारकर्मीलाई प्रवेशमा अवरोध

त्रिभुवन विश्वविद्यालयले आज पुल्चोक क्याम्पसको खेल मैदानमा मनाएको ४८ औं दीक्षान्त समारोहमा त्रिविको गुणगान गाउने बाहेकका पत्रकारलाई प्रवेश निशेषध गरिएको छ ।

क्याम्पस प्रमुख इन्द्रमान आर्चाय र उपप्रमुख वंशीराम प्रधानको ठाडो निर्देशनमा त्रिविले निमन्त्रणपत्र नपठाएका आफ्ना खास पत्रकार बाहेक अन्यलाई प्रवेश निषेध गरिएको हो ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालयमा देखिएको वेथितिका विरुद्धमा आवाज उठाउने सबै पत्रकारलाई खेल मैदानमा निर्माण गरिएको मुल गेटबाट सुरक्षाकर्मीले प्रवेश गर्न अनुमति दिएको भएपनि क्याम्पस उपप्रमुखले आफूलाई नसोधी कसैलाई प्रवेश नदिनु भनेपछि उक्त क्याम्पसका विद्यार्थीले अवरोध सिर्जन गरेका हुन् ।

प्रवेश निषेध गर्दै एक विद्यार्थी

 

 सहज रुपमा एक दुईजनालाई मात्र प्रवेश दिएपछि अधिकांश पत्रकार प्रवेशद्वारबाटै फर्किएका थिए ।

अभिभावकलाई दिइएको प्रवेश पास

त्रिविको ४५ औं –४७ औं दीक्षान्त समारोहमा कसैको निमन्त्रण बिना नै आफूले निर्वाध रुपमा रिपोटिङ गर्न परीक्षा नियन्त्रण कार्यालयको प्राङ्गणमा प्रवेश पाएको भए पनि यो पटक पुल्चोक क्याम्पसले आफूलाई दीक्षान्त समारोहमा प्रवेश नदिएको भन्दै शिक्षाका विषयमा विगत करिब दुई दशक भन्दा अगाडिदेखि कलम चलाउँदै आएका वरिष्ठ पत्रकारहरूले पनि फकिर्नु परेको बताएका छन् ।

दीक्षान्त समारोहमा जाँदै अभिभावक र विद्यार्थी
+2 School
Counseling
Bachelors Portal