After SEE Portal

शिक्षक अध्यापन अनुमति पत्रको परीक्षाको नतिजा निराशाजनक

Bridge Course

शिक्षक सेवा आयोगले गत असोजमा लिएको अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक गरिसकेको छ । माध्यमिक तहको विषयगत लाइसेन्सको प्रारम्भिक नतिजा हेर्दा नतिजा सन्तोष जनक भने छैन ।

विश्वविद्यालयबाट आफ्नै विषयमा उच्च शिक्षा हासिल गरिसकेका परीक्षार्थीले आफ्नै विषयवस्तु माथि सोधिएका प्रश्नमा ५० प्रतिशतले पनि न्यूनतम ५० अङ्क ल्याउन सकेका छैनन् । नतिजा खस्कदो अवस्थामा देखिएको शिक्षा विद्हरु बताउँछन् ।

इडियुपत्रलाई प्राप्त पछिल्लो सूचनाअनुसार प्राविधिक समस्या नआएमा आयोगले सबै विषय र तहको लाइसेन्सको नतिजा फागुन मसान्त भित्र गरिसक्ने जानकारी दियो ।

आयोगले अहिलेसम्म कार्यालय संचालन तथा लेखा, कम्प्युटर विज्ञान, बाली विज्ञान, सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर,पशु विज्ञान, कानुन र कम्प्युटर इन्जिनियरङको नतिजा सार्वजनिक गरेको छ । 

आयोगका अनुसारकार्यलय संचालन तथा लेखा विषयमा ७७९ जना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । यो विषयको लिखित परीक्षामा ३ हजार ९२७ जना परीक्षार्थी सहभागी भएका थिए । यो विषयको लाइसेन्सको परीक्षामा १९.८४ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।

इलेक्ट्रिकल इन्जिनियरङ विषयको लिखित परीक्षामा ९१ जना सहभागी मध्ये ४३ जना मात्र उत्तीर्ण भएका छन् । यो विषयमा ३९।९९ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

सिभिल इन्जिनियरिङ विषयको लिखित परीक्षामा २९८ जना परीक्षार्थी सहभागी भएका मध्ये ४९ जना मात्र उत्तीर्ण भएका छन् । यो विषयको परीक्षाको उत्तरपुस्तिकामा प्रश्नपत्र कि उल्लेख गर्न विर्सन ४ जना मात्र रहेका छन् ।यो विषयमा १६.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै पशु विज्ञान विषयको परीक्षामा ४३ जना सहभागी भएकोमा २९ जना उत्तीर्ण भएका छन् । यो विषयमा ६७.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

त्यस्तैगरी बाली विज्ञान विषयमा ३८० जना परीक्षार्थी लिखित परीक्षामा सम्मिलत  भएका मध्ये २४९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यो विषयमा ६५.११ प्रतिशत परीक्षर्थी उत्तीर्ण भएका छन् ।  भने कानुन विषयको लिखित परीक्षामा ४४ जना सम्मिलित भएकामध्ये ३५ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।  यो विषयमा जम्मा ७९.५छ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी कम्प्युटर इन्जिनियरिङ विषयमा २७९ परीक्षार्थी लिखित परीक्षामा सहभागी भएकोमा ६० जना मात्र उत्तीर्ण भएका छन् ।  यो विषयमा जम्मा २१.५१ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । भने कम्प्युटर विज्ञानको लिखित परीक्षामा ६५५ जना सहभागी भएका मध्ये ३४८ जना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । यो  विषयमा ५८.६३ प्रतिशत मात्र परीक्षा उत्तीर्ण भएका छन् ।

माथिको तथ्याङ्कलाई हेर्दा आठ विषयको औसत नतिजा करिब ४९ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । आयोगको अहिलेसम्मको नतिजा हेर्दा कमजोर देखिएको छ । प्राविधिक विषयका कतिपय विषयमा १९ प्रतिशतभन्दा माथि उत्तीर्ण हुन नसक्नु भनेको विश्वविद्यालयको शिक्षा प्रणालीमा नै प्रश्न उठेको छ ।

आयोग भने अहिले नै यो विषयमा तर्क गर्न वेला नआएको शिक्षक सेवा आयोगले बतायो । आयोगले अनिर्वाय विषय तथा अन्य ऐच्छिक विषयको नतिजा सार्वजनिक गर्न नै बाँकी छ तर नतिजा ५० प्रतिशत भन्दा नकट्ने संकेत देखिएको शिक्षाविद् विद्यानाथ कोइरालाले बताए ।

A Levels MA
Thuprai - Books and E-books