![विश्वनिकेतनबाट ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँच](https://media.edusanjal.com/__sized__/u/screenshot_2_ivA5f9S-crop-c0-5__0-5-300x180-70.jpg)
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा असार दोस्रो हप्ता प्रकाशन गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ ।
बोर्डले उत्तरपुस्तिका परीक्षण कार्य अन्तिम चरणमा पुर्याएको जनाएको छ ।
बोर्डले १७ ओटा परीक्षण केन्द्रको प्राप्ताङ्क संकलन गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
बोर्डले ५२ ओटा परीक्षण केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरिरहेको छ । त्यसमध्ये १७ओटा केन्द्रको उत्तरपुस्तिका परीक्षण गरिसकेको जानकारी उनले दिए । परीक्षामा ४लाख ६७ हजार विद्यार्थी सहभागी भएको उनले जानकारी दिए ।