After SEE Portal

अनलाइनबाट पढ्नेको संख्यामा तीन महिनामा ५० प्रतिशतले वृद्धि

Bridge Course

सरकारले चालु शैक्षिक सत्र खेर जान नदिने भन्दै आकस्मिक शैक्षिक कार्ययोजना, २०७७ कार्यान्वयनमा ल्याएपछि अनलाइनमा पढ्ने विद्यार्थीको संख्यामा वृद्धि भएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार करिब ४ अर्ब लागत मा विभिन्न ३१ शीर्षकमा विभक्त सो कार्ययोजना कार्यान्वयन ल्याइएको हो ।सो कार्ययोजना कार्यान्वयनमा ल्याएपछि विद्यार्थी संख्यामा वृद्धि भएको एक अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गरेको ‘चाइल्ड एण्ड फेमिली ट्रयाकार सर्वे’ ले दूरशिक्षाबाट पढ्नेहरुको सङ्ख्या व्यापक वृद्धि भई ८० प्रतिशत पुगेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सो अध्ययन अनुसार गत असारसम्म करिब ३० प्रतिशतका हाराहारीमा रहेका बालबालिका अहिले वृद्धि भएका छन् । यो प्रगति पछिल्लो समयमा सरकारले वैकल्पिक सिकाइ प्रणालीलाई शैक्षिकसत्रको मान्यता दिएपछि वृद्धि भएको हो । युनिसेफले पछिल्लो तीन महिनाको घरधुरी सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार गरेको छ।

कार्ययोजनाको बुँदा नं. ८ मा सम्बोधन भएको विषयलाई सम्बोधन गर्न करिब ५० लाख विद्यार्थीलाई नेपाल टेलिकमबाट सिमकार्ड वितरण गर्ने लक्ष्य राखिएको केन्द्रले जानकारी दियो । इन्टरनेटको सहज पहुँच नभएका बालबालिकाको घरधुरी सर्वेक्षण गरी प्रति घरधरी एउटा सिम वितरण गरिने र सो सिमकार्डको प्रयोगबाट बालबालिकालाई सिकाइ सहजीकरण क्रियाकलापमा संलग्न गराइने लक्ष्य लिइएको केन्द्रका निर्देशक धनश्याम अर्यालले बताए।

कोरोना संक्रमणका कारण सो सिम कार्ड लिनबाट आफूहरु बञ्चित भएको विद्यार्थीहरुले गुनासो गरे । संक्रमणका कारण अभिभावकले बाहिर जान नदिने हुँदा सिम लिन नसकिएको तेह्रथुमका कक्षा ११ मा अध्ययनरत छात्र अभिशेख लिम्बुले बताए । ‘मेरो घर गाउँमा छ, इन्टरनेट छैन बुबाआमाले बाहिर निस्कन दिनुहुन्न’ उनले भने, ‘यो सिम सदमुकाममा पनि सहज रुपमा पाइदो रहेन छ ।’

 

A Levels MA
Thuprai - Books and E-books