मिक्लाजुङ घटना प्रति राष्ट्रिय मानव अधिकार आयोगद्वारा खेद व्यक्त

दोषीलाई कानुनी कारबाहीको दायरा ल्याउन निर्देशन

व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले खेद प्रकट गरेको छ । आयोगको प्रदेश कार्यालय बिराटनगरले मिक्लाजुङ घटनाको अनुगमन गरिरहेको र उक्त घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन निर्देशन दिएको छ ।

आयोगको प्रदेश कार्यालयले सुरु गरेको अनुगमनमा मोरङको मिक्लाजुङ गाउँपालिका १ स्थित सरस्वती आधारभूत विद्यालयमा कार्यरत प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको नेपाल कम्युनिष्ट पार्टीले जिम्मेवारी लिएको प्रेस व्यक्तव्य फेला परेको हुँदा व्यक्ति हत्या जस्तो जघन्य अपराधले आयोगको ध्यानाकर्षण भएको हिजो प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो विज्ञप्तिमा ‘नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ । आफ्ना राजनैतिक विचारहरु अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने तथा असहमतिहरुलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको छ। आफ्ना विचारहरुमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोग नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गर्दछ’ भनिएको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन आयोगले सरकारलाई निर्देशन दिएको छ ।

 

Degrees offered in nepal
Counseling
Bachelors Portal