After SEE Portal

नमुना विद्यालयले गुरुयोजनामा समावेश भएका कार्यक्रममा मात्र खर्च गर्न पाइने

Bridge Course

नमुना विद्यालयलाई प्रदान गरिएको बजेट गुरुयोजनामा समावेश भएका कार्यक्रम तथा क्रियाकलाप बाहेक अन्य कार्यक्रममा खर्च नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र विद्यालय शिक्षा मापदन्ड निर्धारणा शाखाले सबै स्थानीय तहर  विद्यालयलाई निर्देशन दिएको छ ।

गुरुयोजनामा समावेश भएका तर यस आवमा नपरेका (आगामी आवका लागि प्रस्तावित कार्यक्रम ) क्रियाकलाप चालु आवमा संचालन गर्नु पर्ने भएमा गुरुयोजना संशोधन गरी विद्यालय व्यवस्थापन समितिको सिफारिसमा स्थानीय तहबाट संशोधन स्वीकृत भए पश्चात मात्र खर्च गर्न सकिने  निर्णय गरेको हो ।

कतिपय स्थानीय तह र विद्यालयबाट नमुना विद्यालय कार्यक्रम कार्यान्वयनका सम्बन्धमा राय, सल्लाह एवं निर्देशन माग गरेको हँदा केन्द्रले यस्तो निर्देशन दिएको हो ।

 २०७८असोज ३१ को मन्त्री स्तरीय निर्णयबाट स्वीकृत ‘स्थानीय र प्रदेश तहमा ससर्त अनुदान एवं शिक्षा विकास तथा समन्वय इकाईबाट कार्यान्वयन हुने कार्यक्रमसंग सम्बन्धित कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८०७९’ बमोजिम गर्ने गराउन केन्द्रको आजको निर्णयले निर्देशन  दिएको हो ।

केन्द्रको आजको बैठकले नमुना विद्यालयको कार्यान्वयनका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण भई गएको बजेट विद्यालयको स्वीकृत गुरुयोजना कार्यान्वयनका लागि खर्च गर्नु पर्ने  (ठेक्का प्रकृया पश्चात बचत रकम समेत गुरुयोजना कार्यान्वयन गर्न खर्च गर्न सकिने छ), स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८–०७९ ले निर्धारण गरे बमोजिम जुन शिर्षकका लागि बजेट निकासा भएको हो, सोही शिर्षकमा मात्र खर्च गर्नु पर्ने गरी निर्णय गरेको छ । (भौतिक तर्फको बजेट भौतिक क्रियाकलाप र शैक्षिक तथा व्यवस्थापकीय तर्फको बजेट सोही क्यिाकलापमा खर्च गर्नु पर्दछ ।

आजको बेठकले नमुना विद्यालयको गुरुयोजना कार्यान्वयन सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियामावली, २०६४ लगायत अन्य प्रचलित ऐन, कानुन, निर्देशिका, मापदण्डले निर्धारण गरेका विधि, प्रक्रियाको अधिनमा रही गर्नु पर्ने निर्णय गरेको छ।

A Levels MA