शिक्षा मन्त्रालयको नियमित कामकाज सिंहदबारबाटै हुने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आइतबारदेखि सिंहदरबारस्थित कार्यालयबाट आफ्नो नियमित कार्यभार सुरु गरेका छन्।

जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आन्दोलनकारीले क्षति पुर्‍यापछि शिक्षा मन्त्रालयको कामकारबाही लैनचौरस्थित केशर महलबाट सुरु गरिएको थियो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएपछि ४० दिन केशर महलमा बसेर आज देखी शिक्षा मन्त्रालय आफ्नो भवन सिंहदरबारमा सरेका हुन् । सिंहदरबारस्थित मन्त्रालय काम कारबाही गर्न योग्य भएपछि आइतबारदेखि मन्त्री पुनले सिंहदरबारबाटै काम सुरु गरेका हुन् । 

Degrees offered in nepal
Counseling
Bachelors Portal