After SEE Portal

महानगरले कक्षा ८को वार्षिक परीक्षा स्थगित गर्यो

Bridge Course

काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा स्थगित गरेको छ। पूर्वनिर्धारित कार्यतालिका अनुसार आगामी जेठको ३ गतेदेखि सञ्चालन गर्ने भनिएको उक्त परीक्षा परीक्षा अर्को सूचना नआउञ्जेल सम्मका लागि स्थगित गरिएको हो।

महानगरपालिकाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा र बढ्दो कोभिड १९ को संक्रमणका कारण असहज परिस्थिति सिर्जना भएकाले महानगरले सञ्चालन गर्ने उक्त परीक्षा स्थगित गरिएको जानकारी दिए । महागरपालिकाको शिक्षा विभागका अनुसार यो वर्ष सो परीक्षामा ५ सय ५२ विद्यालयका करिब १८ हजार परीक्षार्थी सहभागी हुँदैछन्।

A Levels MA
Thuprai - Books and E-books