After SEE Portal

सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्ने

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आजको युग सुहाउँदो विकाशमा अघि बढ्न शिक्षा, सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएको बताउँदै नास्टको सहकुलपति समेत रहेका मन्त्री पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएकाले दुरदराजमा पनि प्रविधिको पहुँच पुर्याउनुपर्ने बताए ।

आज निरीक्षणका लागि नास्टको कार्यालयमा पुगेका मन्त्री पौडेलले नेपालमा युवा वैज्ञानिकको उत्साह देखिएको बताउँदै उनीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नास्टलाई निर्देशन दिए ।

‘आजको युग विज्ञान तथा प्रविधिको युगको हो,’ मन्त्री पौडेलले भने, ‘यसलाई देशका कुनाकन्दरामा रहेका जनताको पहुँचमा लैजानुपर्छ ।’

छिमेकी मुलुक चीन र भारतले प्रविधिमा फड्को मारेको उदाहरण दिँदै उनले नेपालले पनि उनीहरुको सिको गर्नुपर्ने बताए । मन्त्री पौडेलले अन्तर्राष्ट्रिय राष्ट्रसँग समन्वय गरी नास्टले जनपक्षीय काम गर्नुपर्नेमा जोड दिए ।

उनले बजेटको अभाव, कर्मचारी व्यवस्थापन, कर्मचारीको वृद्धि विकासका समस्यामा आफू जानकार रहेको बताउँदै समस्या हल गर्ने उपायसहित मन्त्रालयमा आउन निर्देशन दिए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले विज्ञान र प्रविधि विना देश समृद्धि नहुने बताए । उनले नास्ट काठमाडौंमा मात्र केन्द्रीत नभइ ग्रामीण क्षेत्रमा पनि लैैजानुपर्नेमा जोड दिए ।

नास्टका उपकुलपति डा.सुनिलबाबु श्रेष्ठले ७ वटै प्रदेशमा नास्टको कार्यालय स्थापनाको तयारी गरिएकोे जानकारी दिए । उनले विज्ञान सिटीको अवधारणा अनुसार बजेटको व्यवस्था भए त्यसलाई कार्यान्वयमा लैजाने बताए ।

‘नागरिकसँग नास्ट’ कार्यक्रम स्थानीय तहमा चलिरहेको बताउँदै उनले परम्परागत रैथाने प्रविधिदेखि नवप्रवद्र्धन प्रविधिको क्षेत्रमा नास्टले काम गरिररहेको बताए ।

 

A Levels MA