After SEE Portal

लकडाउनमा सबैभन्दा पछि शैक्षिक संस्था खुल्छन्ः शिक्षामन्त्री

Bridge Course

     शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले आज आइतवारसम्ममा सुझाब प्रतिवेदन बुझाउँदै

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले लकडाउनको आगामी स्वरुप हेरेर मन्त्रालयले तय गर्न लागेका शैक्षिक कार्यक्रम र योजनाबारे जानकारी गराएका छन् ।

शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले आज आइतवारसम्ममा सुझाब प्रतिवेदन बुझाउँदै छ । आइतवार मन्त्रिपरिषद्ले १५ बैशाखमा सकिने लकडाउनबारे निर्णय गर्ने र त्यसकैका आधारमा योजना बनाइने मन्त्री पोखरेलले बताए ।

कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयय समिति, स्वास्थ्य मन्त्रालय र विज्ञ समितिका सुझावका आधारमा शिक्षाका तत्कालीन, मध्य र दीर्घकालीन योजना बनाइने मन्त्री पोखरेलले जानकारी दिएका छन् । 

अनलाइन एजुकेसन र विकल्पहरुका बारेमा सुझाव दिन शिक्षा मन्त्रालयले पूर्वमन्त्री गणेश साहको नेतृत्वमा विज्ञ समिति गठन गरेको छ । सो समितिले अन्य ६ विषयगत समिति पनि गठन गरेको छ । समितिले प्रारम्भिक अवधारणा दिइसकेको र विषयगत उपसमितिसँग पनि छलफल भइरहेको उनले जनाए । 

सयौ विद्यार्थी भेला हुने र कक्षा कोठामा पनि उल्लेख्य संख्या रहने भएकाले सामाजिक दूरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरु लकडाउनपछि सबैभन्दा अन्तिममा खुल्ने मन्त्री पोखरेलले बताए । अहिले देशभर २ सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाईएकाले पनि तत्काल त्यहाँ कक्षा संचालन गर्न सम्भव देखिदैन । त्यसैले नयाँ ढंगले कक्षा संचालन गर्ने विकल्पको खोजी भईरहेको उनले बताएका छन् । “जेठसम्ममा नयाँ शैक्षिकसत्र सुरु गर्न सके शैक्षिक सत्र भत्किदैन । परिक्षाहरु पनि संचालन हुनसक्छन्” उनी भन्छन् ।

जाडो–गर्मी बिदा, चाडपर्वका बिदा कटाएर साथै अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने मन्त्री पोखरेलले बताए । 

जाडो–गर्मी बिदा, चाडपर्वका बिदा कटाएर साथै अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने मन्त्री पोखरेलले बताए । 

शिक्षा क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्वहरुले विपदका बेलामा परीक्षाको सट्टा आन्तरिक मूल्याकंन र अरु विधिबाट कक्षोन्नति गर्न सकिने विकल्प दिइरहेको भए पनि सरकार कोभिड १९ को कारण स्थगित विद्यालय तहको परिक्षा लिने योजनामा रहेको छ ।

अबको एक हप्ताभित्र सबै विद्यालयलाई रिजल्ट निकाल्ने र त्यसपछिको अर्को हप्तामा माथिल्लो कक्षामा भर्ना हुने बाटो खोल्ने गरी विद्यालय तहको शैक्षिक कार्यक्रम अघि बढ्ने उनले बताए ।

 

कक्षा १२ विद्यालय तहको अन्तिम परिक्षा भएकाले गर्नैपर्ने मन्त्री पोखरेलले बताए ।

स्थिति सामान्य भएको तेस्रो सातामा परिक्षा संचालन गर्न सकिनेगरी राष्टिय परिक्षा बोर्डले तयारी गरेको उनी बताउँछन् । “घरकै खाना खाएर, नजिकैको विद्यालयमा सुरक्षित परीक्षा दिने व्यवस्था मिलाउनेछौ” मन्त्री पोखरेलले भने । 

अबको एक हप्ताभित्र सबै विद्यालयलाई रिजल्ट निकाल्ने र त्यसपछिको अर्को हप्तामा माथिल्लो कक्षामा भर्ना हुने बाटो खोल्ने गरी विद्यालय तहको शैक्षिक कार्यक्रम अघि बढ्ने उनले बताए ।

अवस्था जटिल नबनेको अवस्थामा पनि जाडोको महिनामा कोरोनाको अर्को चरण शुरु हुने भन्ने विज्ञको आंकलनलाई मध्यनजर गर्दा पहिलेको कक्षाकोठाको बसाईका हिसाबले पठन पाठन हुन नसक्ने उनले उल्लेख गरे ।

A Levels MA