अयोग्य शिक्षक विरुद्ध अख्तियारको मुद्दा

नक्कली प्रमाणपत्रका आधारमा स्थायी भएका शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ । सुनडाँडा भद्रकाली, प्राथमिक विद्यालय सिन्धुलीमा कार्यरत एक शिक्षक विरुद्ध अख्तियारले मुद्दा दर्ता गराएको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी  २२ वर्षदेखि बालबालिकाको भविष्यमा  खेलवाड गर्दै आएका  अयोग्य शिक्षक ज्ञानु रायमाझी विरुद्ध अख्तियारले आज विशेष अदालतमा  मुद्दा  दर्ता गराएको छ ।

पाँच कक्षा मात्र  उत्तीर्ण रायमाझीले  विहार विद्यालय परीक्षा समिति पटना १७ बाट जारी गरिएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी मिति २०५४ देखि शिक्षण गर्दै आएको पुष्टि भएकाले मुद्दा दर्ता गराएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । अस्थायी शिक्षकका रुपमा सेवा प्रवेश  गरेका  रायमाझी २०६३  साउन  ३० गते स्थायी भएका  थिए ।

नक्कली प्रमाण पत्रका आधारमा सरकारी सेवा सुविधा लिएको पुष्टि भएको हुनाले  भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा  एक  बमोजिमको कसुर गरेको  प्रमाणीत भएको प्रवत्ता कोइरालाले बाताए । रायमाझीलाई  भ्रष्टाचार निवारण ऐन,  २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको माग गरी अख्तियारले मुद्दा दर्ता गराएको हो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal