A Levels MA

नक्कली प्रमाणपत्रले बने प्रधानाध्यापक, १९ वर्षसम्म कसैले पत्तै पाएन

भूमिराज प्राथमिक विद्यालय डडेल्धुराका प्रधानाध्यापक कलापति देवी अवस्थीले नक्कली प्रमाणपत्र लिएर नियुत्ति लिएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा अवस्थीले लामो समय नक्कली प्रमाण पत्रका भरमा शिक्षण गराउँदै आएको पाइएको हो ।

अवस्थी २०५७ मंसिर १ गते विद्यालयको निजी स्रोतबाट नियुक्ति लिई २०६१ पुस २४ देखि राहत दरबन्दीमानियुक्ति लिएका थिए । उनले भारतको माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, इहलावाद भारतबाट लिएको हाइस्कुल लेवलको प्रमाण पत्रका भरमा सरकारी पदको दुरुपयोग गरेको अख्तियारले जानकारी दियो । 

आयोगले अवस्थीको प्रमाण पत्र नक्कली भएको प्रमाण फेला पारेको हुँदा उनलाई आज आज विशेष अदालत काठमाडौंमामुद्दा दर्ता गराएको छ ।

 

Thuprai - Books and E-books