After SEE Portal

हुवावे आइसीटी अवार्ड २०२० को ग्राण्ड फिनाले पुस ११ मा

Bridge Course

हुवावे आइसीटी अवार्ड २०२० को ग्राण्ड फिनाले आगामी पुस ११ गते आयोजना गरिने भएको छ ।

सोल्टी क्राउन प्लाजामा आयोजना हुने सो फाइनल कार्यक्रममा विभिन्न ११ विधामा सर्वोत्कृष्ट प्रतियोगी छनोट गरिने भएको हो । स्वदेश तथा विदेशबाट सहभागी ३५० भन्दा बढी सहभागीबाट उत्कृष्ट प्रतियोगीलाई अवार्ड र पुरस्कार प्रदान गरिने आयोजक लिभिङ विथ आइसीटीका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

सो कार्यक्रममा स्टार्टअप आइसीटी अवार्ड, प्रडक्ट आइसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसीटी अवार्ड र एनसेल इन्नोभेसन आइसीटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौट पश्चात् उत्कृष्ट ५ को घोषणा भइसकेको छ ।

त्यसैगरी डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसीटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आइसीटी अवार्ड, आन्टरप्रेनर आइसीटी अवार्ड, नेपाली डायस्पोरा आइसीटी अवार्ड, वुमन आइकन आइसीटी अवार्ड र मिडिया पर्सन आइसीटी अवार्ड २०२० को विजेता फाइनल कार्यक्रममै घोषणा हुने आयोजकले जानकारी दिए ।

हुवावे मुख्य प्रायोजन गरेको कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा अधिकांश संस्था तथा कर्पोरेट संस्थाहरूको सहकार्य रहेको छ । नेपाल टेलिकम र जिनस सोलुसनको इन एशोसिएशन रहेको कार्यक्रममा फोन पे पावर्ड वाई र नेपाल दूरसञ्चार प्राधिकरण विशेष सहयोगी संस्थाको रूपमा रहेका छन् ।

हुवावे आइसीटी अवार्ड २०२० मा एनसेल, राष्ट्रिय वाणिज्य बैंक, ई–सेवा, नाष्ट, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रेसिडेन्सियल बिजनेश स्कुल, निमा एकेडेमी, इमिनेन्स वेइज, डिस होम, टिडिओ नेपाल लगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।

के के पाउँछन् अवार्ड विजेताले ?

अवार्ड विजेताले स्टार्टअप आइसीटी अवार्ड, प्रडक्ट आइसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आइीसटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसीटी अवार्ड २०२० का विजेताले नेपाल सरकारको स्टार्टअप फण्ड अन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधामा समावेश हुने अवसर पाउनेछन् ।

यसैगरी बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्ने भएको छ भने । इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसीटी अवार्डका विजेताले एनसेल मार्फत विशेष आर्थिक रकम पुरस्कारको रूपमा प्राप्त गर्नेछन् । यो विधाका विजेतालाई एनसेलले सहयोग गर्नेछ ।

इन एशोसिएशनमा रहेको नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षका लागि फाइबर टु होम सेवा प्रदान गर्नेछ ।

जिनियस सोलुसनले विजेता र उत्कृष्ट ५ मा परेका स्टार्टअपलाई अमेजन क्लाउड सर्भिसको सुविधा दिनेछ । ४ विधाका सर्वोत्कृष्टलाई ई–सेवाले २५ हजार बराबरको आफ्नो बिजनेश इन्टिग्रेसन र प्रवद्र्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज प्रदान गर्ने भएको छ ।

A Levels MA