After SEE Portal

भएकालाई लथालिङ्ग छाडेर नयाँ विश्वविद्यालयका लागि जग्गा किन्दै सरकार

Bridge Course

भएका विश्वविद्यालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्ने सरकार नयाँ विश्वविद्यालय खोल्नका लागि जर्मको गरिरहेको छ । देशैकै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालय प्रशसनिक रुपमा धारासायी भइसकेको छ । त्रिविलाई पत्रकार सम्मेलन गर्न समेत सुरक्षा कर्मीको आवश्यकता पर्न थालेको छ । एक शैक्षिक सत्र २०७८ देखि अहिले सम्म त्रिवि १६५ दिन भन्दा बढी तालाबन्दीमा परेको छ । अहिल पनि विश्वविद्यालय बन्दी अवस्थामा छ । पदाधिकारीको सुरक्षाका लागि त्रिविले सार्वजनिक रुपमा नै गृह मन्त्रालयसंग माग गरिसकेको विषम अवस्था छ ।

यसैगरी विश्वविद्यालयहरूको विकल्पका रुपमा खोलिएको नेपाल खुला विश्वविद्यालयको पनि अवस्था झनझन बिग्रदो अवस्थामा छ । उपकुलपति र र जिष्ट्रारको द्वन्द्वका कारण यो विश्वविद्यालय पनि भताभुङ्ग हुने अवस्थाम पुगेको सरोकावालाहरू बताउँछन् । उपकुलपति र रजिस्ट्रार भन्नु भन्दा पनि नेपाली काङ्स र माओवादी नेता भन्दा उपयुक्त हुने सरोकारवालहरू बताउँछन् । दुई फरक पार्टीका नेतालाई विश्वविद्यालयको बागडोर जिम्मा दिँदा कार्यशैलीमा एकता नभएको, कुनै योजनामा सहमति हुँनै सक्दैन ।

सरकारले सानोठिमीमा  ९ रोपनी जग्गा प्रदान गरेको भए पनि विश्वविद्यालयले भवन निर्माणको काम सुरु गर्नै नै सकेको छैन । अहिले ललितपुरको मानभवनमा भाडाको भवनबाट काम गरिरहेको छ । विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक क्रियाकलाप प्रभाव परिरहेको छ । सरकार टुलुटुलु हेर्न भन्दा केही गर्न सक्ने अवस्थामा छैन । विश्वविद्यालयको सामाजिक शिक्षा तथा प्रविधि र व्यवस्थापन तथा कानुन सङ्काय गत वर्षको भदौ देखि डीनन विहीन छ । त्यस्तै विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायमा पनि गत पुस देखि डीन विहीन हुन पुगेको छ । यो विश्वविद्यालय सात महिनादेखि प्राज्ञिक परिषद् विहीन छ ।

यस्तो अवस्था नयाँ विश्वविद्यालय स्थापनाका लागि सरकारले जग्गा खरिद गरेको छ । सरकारले ‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि दुई सय रोपनी भन्दा बढी जग्गा खरिद गरिसकको छ ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम जग्गा विश्वविद्यालयको नाममा स्थानीयले पास गरिसकेका छन् ।

जग्गा खरिद प्रक्रियाका लागि संघीय सरकारबाट रु। सात करोड रकम प्राप्त भएको षडानन्द नगरपालिकाका प्रमुख सरेन्द्रकुमार उदासले बताए ।

योगमाया आयुर्वेद विश्वविद्यालय निर्माणका लागि जग्गा खरिद प्रक्रिया सुरु भएको छ । हालसम्म दुई रोपनी बढी जग्गा विश्वविद्यालयको नाममा पास भएको प्रमुख उदासिले जानकारी दिए ।

विश्वविद्यालयले निर्माणका लागि षडानन्दमा दुई सय ३३ रोपनी र खाँदबारी नगरपालिकामा तीन सय ७२ रोपनी जग्गा लिने मन्त्रिपरिषद्को निर्णय भएबमोजिम जग्गा खरिद प्रक्रिया सुरु भएको हो ।

A Levels MA