A Levels MA

एसईई जेठ अन्तिमबाट गर्न सिफारिस, बिहान र दिउसो गरी एकैदिन एसईई र १२ को परीक्षा गर्न सुझाव

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई सुझाव बुझाएको हो । 

कार्यदलले बिहीबार  मन्त्री  पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने र एसईई जेठ अन्तिमबाट गर्न सिफारिस गरेको छ । सो  प्रतिवेदनले एसईई र कक्षा १२ को परीक्षा एकै दिन गर्न सुझाब दिएको छ । बिहान र दिउसो गरी एकैदिन एसईई र १२ को परीक्षा गर्न सो कार्यदलले सरकारलाई सुझाएको छ ।

उक्त सुझाबमा वैशाख २५ गते भित्र कक्षा एक देखि ९ को नतिजा प्रकाशन गर्ने, २५ पछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने सुझाव दिइएको छ । विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने लगायतका सुझाब कार्यदलले मन्त्री पोखरेल समक्ष बुझाएको छ ।  यो प्रतिवेदन उच्चस्तरीय समितिमा र क्याबिनेटमा लगिने  शिक्षा मन्त्री पोखरेलले बताए ।

Thuprai - Books and E-books