पाचौँ नेक्सस संकटा कप सञ्चालन गरिने

नेक्सस संकटा कप अन्तरविद्यालय फुटबल टुर्नामेन्ट प्रतियोगिता आइतबारदेखि हुने भएको छ । नेक्सस इन्टरनेशनल स्कुल र संकटा क्लवको आयोजनामा ५औं संस्करणको प्रतियोगिता सञ्चालन हुने भएको हो ।

उक्त टुर्नामेन्टमा जम्मा १६ टिमको सहभागिता रहने नेक्ससका फाउण्डर प्रिन्सिपल आरबी कटुवालले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । अन्तरविद्यालय फुटबल प्रतियोगितामा कक्षा ९ सम्म पढ्ने विद्यार्थी सहभागी हुने कटुवालले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार, दोस्रो हुनलाई रु २५ हजार रकम सहित टर्फी, सर्टिफिकेट पुरस्कार प्रदान गरिने छ ।

त्यसैगरी उत्कृष्ट विद्यार्थीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिने प्रिन्सिपल कटुवालले बताए । पुस्कार रासिलाई अर्को वर्षदेखि रु एक लाख पुर्याइने र यसलाई क्रमशः बढाएर पाँच लाखसम्म पुर्याउने उद्देश्य रहेको उनले जानकारी दिए । एन्फाले निर्धारण गरेको मापदण्ड अनुसार मध्यपुर युथ एशोसिएसनको फुटबल मैदानमा प्रतियोगिता हुने भएको छ ।

Thuprai - Books and E-books