त्रिविले स्थगित गरेका परीक्षा १७ र २१ गते सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालयले आजका लागि तय गरेको परीक्षा असोज २१ गते सञ्चालन गर्ने भएको छ । 

१० गते देखि संचालनमा रहेको मानविकी, शिक्षाशास्त्र, तथा व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८० आंशिक तर्फको बि.ए., बि.एड, बि.बि.एस. र बि.एस्सीको  दोस्रो वर्षका परीक्षाहरु स्थगित गरेको हो।  

देशभर उत्पन्न भएको मौसमको प्रतिकुलताका कारण स्थगित गरिएको छ । उक्त परीक्षा २१ गते सोहि समयमा, सोहि परीक्षा केन्द्रहरुमा संचालन हुने  सूचना प्रकाशित गरेको छ ।

साथै सम्पूर्ण केन्द्राध्यक्षहरुलाई यहि सूचनालाई आधिकारिक मानेर १३ गते हुने गरी उल्लेख गरिएका सम्पूर्ण प्रश्नपत्रहरुका प्याकेटहरु नखोली सुरक्षित साथ २१ गते प्रयोग गर्न  निर्देशन दिएको छ ।

स्नातकोत्तर तहको परीक्षा भने यथावत सञ्चालन गरेको छ । त्यसैगरी त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डिनको कार्यालयले आज स्थगित भएको प्रवेश परीक्षा असोज १७ गते गर्ने  जानकारी दिएको छ ।

संस्थानले कृषि, बागवानी र पशु चिकित्सा स्नातक तहको प्रवेश परीक्षा १७ गते सञ्चालन गर्ने निमित्त डिन डा। किशोरचन्द्र दाहालले जानकारी दिए। असोज १७ गते सानो भर्याङस्थित नेपाली सेना कृषि विज्ञान संस्थानमा परीक्षा हुनेछ। भर्ना सम्बन्धी जानकारी परीक्षापछि प्रकाशन गरिने दाहालले बताए।

त्रिविले असोज ११ गतेदेखि सञ्चालन भइरहेको विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत वीएस्सी दोस्री वर्ष २०८० आशिक तर्फको परीक्षा केन्द्रमा  वर्षाका कारण परीक्षा सञ्चालन गर्न नसकिने भएपछि के एण्ड के कलेज नयाँ बानेश्वरमा सञ्चालन गरेको छ  । यस अघि एसभी एकेडमी, बुद्धनगर परीक्षा केन्द्र तोकेको थियो ।

 व्यवस्थापन संकाय, डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाबाट संचालन भईरहेको BBA, BIM, BBM, BBA F, BHM, BTTM, BMS, तथा BPA कार्यक्रमको पाँचौ तथा सातौ सत्रको नियमित परीक्षा अन्तर्गत १३ गते हुने सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ ।

कार्यालय १३ गते एक दिनको परीक्षा स्थगन र सो परीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक मिति अनुसार उक्त  परीक्षा १४ गते देखि सञ्चालन गर्ने भएको छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal