After SEE Portal

एसईईका प्रश्नपत्र जिप्रकामा राख्ने निर्णय

Bridge Course

एसईई परीक्षाको प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय वा क श्रेणीको इलाका प्रहरी कार्यालयमा सुरक्षित साथ राख्ने निर्णय भएको छ ।

भर्खरै सम्पन्न केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । शिक्षा सचिवको अध्यक्षतामा समितिको बैठक बसेको थियो । परीक्षा नियन्त्रक रामराज खकुरेलले प्रश्नपत्रलाई त्यसरी सुरक्षित राख्न गृह मन्त्रालयमार्फत जिल्ला सुरक्षा समितिलाई आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार टिनका बाकसमा दुई वटा ताल्चा लगाइको छ र एउटा साँचो प्रहरीसँग र एउटा केन्द्राध्यक्षसँग रहने प्रवन्ध मिलाइएको छ । यतिबेला सबै प्रश्नपत्र परीक्षा केन्द्र नजिकका प्रहरी चौकीमा राखिएका छन् । देशभरि एक हजार ९९५ परीक्षा केन्द्र कायम गरिएका थिए । परीक्षा नियन्त्रण कार्यालयले करिव ५१ लाख थान प्रश्नपत्र छपाइ गरेको थियो । प्रश्नपत्र छपाइमा करिव दुई करोड रुपियाँ खर्च भएको छ ।

A Levels MA
Thuprai - Books and E-books