After SEE Portal

त्रिविको विद्यार्थी स्थानान्तरण गर्न नपाउने निर्णय हाललाई स्थगन

Bridge Course

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले तत्काललाई विद्यार्थीले स्थानान्तरण हुन नपाउने निर्णय स्थगन गरेको छ । हिजो बसेको त्रिवि प्राज्ञिक परिषद्को निर्णयले स्थानान्तरण गर्न नपाउने पूर्व निर्णय स्थगन गर्ने निर्णय गरेको हो ।

विद्यार्थीहरूको कलेज स्थानान्तरण गर्नेसम्बन्धी परिषदको उक्त निर्णय नं. ९९ गलत भएको भन्दै चौतर्फी आलोचना भएपछि बुधबार बसेको त्रिवि प्राज्ञिक परिषदले निर्णय स्थगन गरेको त्रिविले जानकारी दियो ।

सोही परिषद्ले गत फागुन २८ गते सम्बन्धन प्राप्त कलेजबाट आंगिक क्याम्पसमा र आंगिकबाट सम्बन्धन प्राप्त निजी कलेजमा हुने विद्यार्थीहरुको स्थानान्तरण रोक्ने निर्णय गरेको थियो ।

परिषद्ले निर्णय नं. ९९ माथि थप लफल गर्न विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख डा.पशुपति अधिकारीको संयोकत्वमा अध्ययन समिति गठन गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books