A Levels MA

आयोगले तराईका दलित समुदायलाई इन्जिनियरिङ र चिकित्साशास्त्र छात्रवृत्ति प्रदान गर्ने

विश्वविद्यालय अनुदान आयोगले शैक्षिक क्षेत्रमा अत्यन्त पछाडि रहेका डोम, बादी, चमार र मुसहर जातिका विद्यार्थीहरूलाई इन्जिनियरिङ र चिकित्साशास्त्र स्नातक तहका कार्यक्रमहरूमा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

न्यून आय भएका यी समुदायका विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ क्षेत्रमा पहुँच पुर्याउने उद्देश्यले आवेदन माग गरेको हो ।

आवेदकले माघ २५ गते भित्र आवेदन पेस गरी सक्नुपर्ने आज प्रकाशित सूचनामा उल्लेख गरिएको छ । ती विद्यार्थीहरुको अध्ययन गर्न लाग्ने खर्च सरकारले व्यहोर्ने गरी लागु गर्न बनेको विशेष छात्रवृत्तिसम्बन्धि कार्यविधि २०७२ बमोजिम बजेटको सिमा भित्र रही न्यूनतम योग्यताका आधारहरु पूरा गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

Thuprai - Books and E-books