A Levels MA

आयोगले विज्ञान विषयमा पनि शिक्षक भेटेन, ४४० दरबन्दीका लागि २५७ जना मात्र पास

गणित विज्ञान विषयमा ३६५ दरबन्दीका लागि अन्तार्वार्तामा  ५७ जना मात्र पुगेका छन् भने, हिजो राती सार्वजनिक गरेको विज्ञान विषयको नतिजामा ४४० रिक्त दरबन्दीका लागि लिइएको विषयगत लिखित परीक्षामा  २५७ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।अब सार्वजनिक हुने अधिकांश विषयमा समेत माग अनुसारका  उम्मेदवार छनोट हुन नसक्ने आयोगले जानकारी दियो ।

शिक्षक सेवा आयोगले लिएको निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक छनोटको परीक्षामा गणित र अङ्ग्रेजीमा समेत नतिजा सन्तोष जनक नहुने बताएको छ ।  

आयोगले हिजो र अस्ती सार्वजनिक गरेको दुई विषयको नतिजामा गणित विज्ञान विषयमा ३६५ दरबन्दीका लागि अन्तार्वार्तामा  ५७ जना मात्र पुगेका छन् भने, हिजो राती सार्वजनिक गरेको विज्ञान विषयको नतिजामा ४४० रिक्त दरबन्दीका लागि लिइएको विषयगत लिखित परीक्षामा  २५७ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । विज्ञानमा १८३ रिक्त दरबन्दी खालि नै रहने भएको छ ।

गणित विज्ञान विषयमा  १५.६२ प्रतिशत उत्तीर्ण भएका छन् भने विज्ञानमा ५८.४१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । अब सार्वजनिक हुने अधिकांश विषयमा समेत माग अनुसारका  उम्मेदवार छनोट हुन नसक्ने आयोगले जानकारी दियो ।

शिक्षक सेवाको मंसिर ११ गतेको बैठकले निम्न माध्यमिक तह विज्ञान विषयको तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

प्रदेश

मागसंख्या

लिप सम्मिलित

उत्तीर्ण

नपुग

१०१ २१५ ४१ ६०

मधेश

३५ ३२ २८

बागमती

१०० २४५ ५७ ४७

गण्डकी

१०१ ३३७ ७३ २८ 

लुम्बिनी

६० १९३ ४७ १३

कर्णाली

२९ ७६ २१

सुदुरपश्चिम

१४ ५० ११

जम्मा

४४०

११४८

२५७

१८३

सार्वजनिक नतिजा अनुसार प्रदेश १ मा खुला र समावेशी गरी जम्मा १०१ रिक्त दरबन्दीका लागि विज्ञापन गरेकोमा  सामान्य परीक्षाबाट २१५ जना उम्मेद्वार विषयगत लिखित परीक्षा सम्म पुगे विषयगत लिखित परीक्षाबाट भने केवल ४१ जना मात्र अन्तर्वार्त सम्म पुगेका छन् ।

त्यसैगरी मधेश प्रदेशबाट ३५ रिक्त दरबन्दीका लागि विज्ञापन गरियो । सो प्रदेशबाट सामान्य परीक्षा ३२ जनाले मात्र उत्तीर्ण गरे । सामान्य परीक्षा पछि लिइएका विषयगत परीक्षामा ७ जना मात्र पास भए ।

त्यस्तै बागमती प्रदेशबाट १०० रिक्त दरबन्दीका लागि विज्ञापन गरिएकोमा अन्तर्वार्तका लागि केवल ५७ जना मात्र पास हुन सकेका छन् । त्यस्तै, गण्डकी प्रदेशबाट १०१ रिक्त दरबन्दीका  लागि शिक्षक चाहिएको भए पनि अन्तर्वार्ता सम्म ७३ जना मात्र पुग्न सफल भएका छन् ।

लुम्बिनी प्रदेशका लागि ६० रिक्त दरबन्दीका लागि विज्ञापन गरिएको भए पनि ४७ जना मात्र अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । त्यस्तै,कर्णाली प्रदेशबाट २९ रिक्त दरबन्दीका लागि विज्ञापन गरिएको भए पनि २१ जना मात्र लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

त्यसैगरी सुदुर पश्चिममा पनि १४ रिक्त दरबन्दीका लागि विज्ञापन गरिएका  भए पनि ११ जना मात्र लिखित परीक्षामा  पास हुन सफल भएका छन् ।

शिक्षक सेवा आयोग नियमावलीले शिक्षक छनोटका लागि सामान्य परीक्षा  १०० पूर्णाङ्कको, विषयगत परीक्षा  १०० पूर्णाङ्कको, अन्तर्वार्ता २५ पूार्णाङ्कको र प्रयोगाात्मक परीक्षाको समेत व्यवस्था गरेको  छ । आयोगले लिने अन्तर्वार्तामा कति पास हुन्छन् २८ गते पछि नै थाहो होला । तर आयोगको प्रारम्भिक आंकलन अनुसार विज्ञान, गणित र अङ्ग्रेजी विषयमा समेत नतिजा सन्तोष जनक नहुने देखिएको छ ।

Thuprai - Books and E-books