After SEE Portal

वार्तामार्फत् शिक्षकको समस्या सम्बोधन गर्न आयोगको आग्रह

Bridge Course

राष्ट्रिय मानवअधिकार आयोगले  शिक्षकको आन्दोलनबारे ध्यानाकर्षण भएको जनाएको छ ।  शिक्षकको सरुवा, बढुवा, नियुक्ति, सेवा सुविधा, नियमन लगायतका विषयमा असन्तुष्टि व्यक्त गर्दै जारी आन्दोलनमा समाधान खोज्न आयोगले आज विज्ञप्तिमार्फत सरकारलाई आग्रह गरेको हो ।

यस्तै आफ्ना माग सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लङ्घन भएको  बताएको छ ।

‘ आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन, मानव अधिकारको मूल्य र मान्यताको सम्मान गर्दै आफ्ना माग राख्न, आफ्ना माग पूरा गराउन विद्यालय बन्द बाहेकको विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत हुन आयोग आन्दोलनरत पक्षलाई आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘ कानुन निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानूनलाई समयसापेक्ष बनाउन एवम् नेपाल शिक्षक महासंघलगायत शिक्षक समुदायले उठाएका न्यायोचित मागको सम्बोधन गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

नेपाल शिक्षक महासंघको आव्हानमा देशभरका एक लाख बढी शिक्षकले हिजोदेखि काठमाडौं केन्द्रीत सडक आन्दोलन गरिरहेका छन् । विभिन्न स्थानीय तहको चेतावनीका वावजुद शिक्षकहरू सडकमा उत्रिएका छन् । विद्यालय बन्द गरेर शिक्षक सडकमा  उत्रिएको वर्तमान अवस्थामा सरकारले वार्ताका लागि भने ठोस पहल गरेको छैन ।

A Levels MA