A Levels MA

एसईई परीक्षा सञ्चालनका लागि अभिमुखीकरण तालिमसहित पुगे केन्द्राध्यक्ष

भोलिबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको सम्पूर्ण तयारी सकिएको छ । परीक्षा सञ्चालनका लागि तयार गरिएका १ हजार ९९५ परीक्षा केन्द्रमा अभिमुखीकरण तालिमसहित पुगे केन्द्राध्यक्ष पुगिसकेका छन् ।

सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दियो । बोर्डका अनुसार यस वर्षको एसईईका प्रश्नपत्र प्याकिङमा विशेष सावधानी अपनाइएको छ । हरेक विषयका प्रश्नपत्र छुट्टा छुट्टै प्याकिङ गरेर पठाइएको बोर्डले जानकारी दियो ।

कोरोना भाइरस (कोभिड-१९) विश्वव्यापि रुपमा संक्रमित भै रहेको वर्तमान अवस्थामा भयरहित वातावरणमा परीक्षा सञ्चालन गर्न सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दियो ।

मन्त्रालयका अनुसार परीक्षा सञ्चालनका क्रममा बालबालिकाको स्वास्थ्यमा समस्या देखिएमा छुट्टै कोठामा राखेर परीक्षा सञ्चालन गरिने भएको छ भने डेस्कले थप उपचारको आवश्यकता महसुस गरेमा तत्काल विद्यार्थीलाई डेस्कले नै अस्पताल लैजाने व्यवस्था मिलाउने भएको छ ।

विद्यार्थीहरुको स्वास्थ्यलाई ख्याल गर्दै हेल्थ डेस्कको व्यवस्थापन गर्न मन्त्रालयले ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।

चैत्र ६ गतेदेखि १७ गते सम्म सञ्चालन हुने एसईईमा देशभरका  ४ लाख ८२ हजार २१९ छात्रछात्राले परीक्षा दिँदै छन् । सबैभन्दा बढी परीक्षार्थी बागमतीबाट १ लाख ३ हजार ६ सय ६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४ सय ३६ सहभागी हुनेछन् । परीक्षाका लागि १ हजार ९९५ केन्द्र कायम गरिएको उपनियन्त्रक शर्माले जानकारी दिए ।

बोर्डका अनुसार प्रदेश १ मा ३७५ परीक्षा केन्द्र छन् । उक्त केन्द्रमा ३८ हजार २९६ जना छात्र र ४१ हजार ५४८ छात्राले एसईई दिँदै छन् । त्यसैगरी प्रदेश नं। २ मा २६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उक्त केन्द्रमा ३६ हजार ४७ छात्र र ३२ हजार ३१७ छात्राले परीक्षा दिँदै छन् ।

त्यसैगरी प्रदेश तीनबाट ५० हजार ८५४ छात्र र ५० हजार ५६५ छात्रा एसईईमा सहभागी हुँदैछन् । यी परीक्षार्थीका लागि ४४१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । भने प्रदेश ४ मा २२० परीक्षा केन्द्रमा २२ हजार ४८२ छात्र र २३ हजार ३३२ छात्राले परीक्षा दिँदै छन् । त्यस्तै प्रदेश ५ मा जम्मा ३७ हजार ४४५ छात्र र ३९ हजार ६११ छात्राले परीक्षा दिँदै छन् । त्यस्तै प्रदेश ६ बाट १५ हजार ९१८ छात्र र १७ हजार ४३७ छात्राले १७६ परीक्षा केन्द्रबाट परीक्षा दिने भएका छन् भने प्रदेश ७ मा २११ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उक्त केन्द्रबाट २४ हजार १७७ छात्र र २६ हजार ५३७ छात्राले साधारण धारतर्फ एसईई दिँदै छन् ।

त्यसैगरी प्राविधिक धार तर्फ प्रदेश १ बाट १ हजार १०५ छात्र र ६५० छात्रा परीक्षामा सहभागी हुँदैछन् । भने प्रदेश २ बाट १ हजार २९३ छात्र र ४२० छात्रा, प्रदेश ३ बाट ९४७ छात्र र ७११ छात्रा, प्रदेश ४ बाट ५२८ छात्र र ३२१ छात्रा, प्रदेश ५ बाट १ हजार १३७ छात्र र ३०७ छात्रा, प्रदेश ६ बाट ३३५ छात्र र २२७ छात्रा त्यसैगरी प्रदेश ७ बाट ६९९ छात्र र ३५४ छात्रा एसईईमा सहभागी हुँदैछन् ।

Thuprai - Books and E-books