A Levels MA

बझाङको चौधारी माविमा एक हप्तादेखि ताला

बझाङको चौधारी माध्यमिक विद्यालयमा एक हप्ता अघि विद्यार्थीले लगाएको ताला अहिले सम्म खुल्न सकेन । दुर्गाथली गाउँपालिकामा स्थित सो विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले लगाएको ताला एक हप्ता बित्दा पनि खुल्न नसकेको हो ।

सो समूह अध्ययनरत विद्यार्थीले आफूहरुका सबै विषयको नियमित पठनपाठन हुनुपर्ने, शिक्षक नियमित विद्यालयमा आउनु पन,शिक्षकले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि पढाइ नभएको लगायतका माग राखी विद्यालयमा तालाबन्दी गरेको विद्यार्थी विजय खातीले बताए ।

विद्यालय खुलेपछि नियमित पठनपाठन गराउन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई पटकपटक आग्रह गर्दा पनि सम्बन्धित नियकाय मौन रहेको हुनाले आफूहरुले बाध्य भएर ताला लगाएको विद्यार्थीको भनाई छ ।

‘आइएससीएजीका विद्यार्थीलाई शिक्षकले पढाइमा बेवास्ता गरे ।’ विद्यार्थी खातीले भने, ‘विद्यालय सञ्चालन भएको डेढ महिना बितिसक्यो तर हाम्रो पढाइ एक दिन पनि राम्ररी भएको छैन, हामीले पटकपटक विद्यालयमा पढाइ निरन्तरताका लागि अनुरोध गरे पनि शिक्षक र विद्यालय प्रशासनले बेवास्ता गरेको हुनाले बाध्य भएर ताला बन्दी गरेका हौं ।’

विद्यालयमा तालाबन्दी भएपछि आइएससीएजी, कक्षा ९ तथा १० का विद्यार्थीको पठनपाठनमा बाधा भएको छ । आइएससीएजीमा २५ विद्यार्थी अध्यनरत छन् ।

तलब सम्बन्धी विषयमा कुरा नमिलेको भएर शिक्षक विद्यालय नआएको प्रधानाध्यापक खगेन्द्र मिश्रले बताए । ‘शिक्षक आएनन् पठनपाठन अवरुद्घ भयो ।’ प्रधानाध्यापक मिश्रले भने, ‘विद्यार्थीले पनि जानकारी बिना नै तालाबन्दी गरे कुरा गर्न खोज्दाबीचमा चार÷पाँच दिन सार्वजनिक बिदा भएको हुँदा लामो समय ताला खुल्न नसकेको हो ।’ अब त्रिपक्षीय छलफलपछि प्रभावित विद्यार्थीको पठनपाठन सुचारु गरिने उनले जानकारी दिए ।

अज्ञात समूहले लगाएको ताला प्रहरीले तोड्यो

हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मष्टादेव प्राविमा लगाइएको ताला प्रहरीले तोडेपछि पठनपाठन सञ्चालनमा आएको छ ।

बिदाको समयमा सबै कोठामा विद्यालयले ताला लगाएको भए पनि अज्ञात समूहले थप एक एक ताला लगाएको जनाइएको छ । प्रहरीले वडा नं २ का वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक र गल्फागाड प्रहरीचौकी श्रीनगरको टोलीको रोहवरमा ताला तोडिएको स्थानीय प्रहरीले जानकारी दियो ।

Thuprai - Books and E-books