After SEE Portal

आफ्नो रोजाईंका मान्छेको नम्बर कम भएपछि आत्तिए कुलपति

Bridge Course

त्रिभुवन विश्वविद्यालयको २० औँ उपकुलपति नियुक्तिका लागि छनोट समितिले आइतबार तीन जनाको नाम सिफारिस गर्यो ।

एक नम्बरमा छनोटमा परेका प्राडा चित्रबहादुर बुढाथोकीले १०० मा ७८ नम्बर ल्याए, दोस्रो नम्बरमा सिफारिसमा परेका पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा केशरजंङग बरालले ७६ र तेस्रो नम्बरमा सिफारिसमा परेका प्राडा टंकनाथ धमलाले ७५ नम्बर  ल्याएको  समाचार बाहिरियो ।

नम्बरसहित सिफारिसमा परेका व्यक्तिको समाचार बाहिरिएपछि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल आत्तिएका छन् । आफ्नो निकट व्यक्ति पछि परेपछि कुलपति छनोट समितिको सिफारिसलाई फाइलमा थन्क्याएर बसेका छन् । आफ्नो रोजाइका व्यक्ति पछिपरेपछि उनी विभिन्न चरणको छलफलमा जुटेका छन् ।

सोमबार प्रधानमन्त्री दाहालले आफ्नो कार्यालयमा उपकुलपतिको नियुक्ति गर्न भन्दै  छलफल गर्न देवेन्द्र पौडेल, वर्षमान पुन, शिक्षामन्त्री अशोक राई तथा प्रधानमन्त्री दाहाल निकट प्राध्यापक नेताहरूबीच छलफल गरेका छन् ।

छलफलमा प्रधानमन्त्रीले समिति संयोजक तथा सहकुलपति अशोक राईलाई  नम्बर सार्वजनिक गरेर संकटमा पारेको गुनासो गरेको छलफलमा सहभागीले बताए । ‘तपाईँले नम्बर सार्वजनिक गरी सङ्कटमा पार्नु भो’ ती सहभागीले भने, ‘बरु नाम मात्र सिफारिस गरेको भए हुने मलाइ सङ्कटमा पार्नु भो।’

सिफारिसमा परेकाको नाम सार्वजनिक भए लगत्तै कुलपतिलाई त्रिविकै केही प्राध्यापकले समेत दोस्रो नम्बरमा सिफारिसमा परेका बराललाई नियुक्त गर्न दवाव दिइरहेको उच्च स्रोतले जानकारी दियो । माओवादी निटक प्राध्यापकको टोलीले कुलपतिलाई भेटेर नै बराललाई नियुक्त गर्न दवाव दिएको स्रोतको दाबी छ ।

तर माओवादी निकट देवेन्द्र पौडेल समूहले एक नम्बरमा नाम निकालेका प्राडा बुढाथोकीलाई नै  उपकुलपति बनाउन अडान लिएपछि माओवादी भित्र उपकुलपति नियुक्तिको विषय  बाझिएको छ।

प्राप्ताङ्क सहितको नामावली सार्वजनिक भएपछि प्राडा बुढाथोकीलाई सामाजिक सञ्जालमार्फत बधाइ दिनेको आइरो लागेको छ । सामाजिक सञ्जालको चर्को विरोध र सञ्चार माध्यमको निरन्तरको खबरदारीका कारण उपकुलपति नियुक्तिमा  ढिलाइ भएको प्रधानमन्त्री कार्यलयका एक अधिकारीले बताए ।

उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधिमा उम्मेदवारलाई प्रदान गर्ने अङ्कको स्पष्ट व्यवस्था गरेको छ । कार्यविधिले व्यवस्था गरे अनुसार उपकुलपतिका उम्मेदवारले यसरी प्राप्ताङ्क पाउछँन्ः

योग्यता, अनुभव, सोचपत्र, कार्ययोजना,  प्रस्तुतीकरण तथा अन्तर्वार्तासम्बन्धी व्यवस्था

(क) प्राध्यापक पदमा कार्य अनुभव – दश अङ्क

उच्च शिक्षाको क्षेत्रमा प्राध्यापन गरे वापत प्राध्यापक पदमा कार्य गरेको प्रति वर्ष –दुई अङ्कका दरले अधिकतम – दश अङ्क 

तर वर्ष दिनभन्दा कम अवधिको चान चुन महिना तथा दिनको अङ्क  गणना हुने छैन ।

(ख) विद्यावारिधि उपाधि प्राप्त –  पाँच  अङ्क

विद्यावारिधि उपाधिका लागि एक मुष्ट पाँच अङ्क 

(ग) स्वदेशी वा विदेशी विश्वविद्यालय वा चार प्रतिष्ठानको पदाधिकारीको हासिल गरेको चार अङ्क प्रति वर्ष एक अङ्कका दरले बढीमा चार वर्षको लागि अधिकतम – चार अङ्क

तर वर्ष दिनभन्दा कम अवधिको चान चुन महिना तथा दिनको अङ्क गणना हुने छैन ।

(घ) प्राज्ञिक एवम् अनुसन्धानमूलक पुस्तक पाँच लेखी प्रकाशन गरे वापत (आइएसबिएन सहितको कम्तीमा एक वटा पुस्तक प्रकाशनः –पाँच अङ्क

एक वटा पुस्तक एकल रूपमा लेखी प्रकाशन गरे बापत पाँच अङ्क ।

(ङ) प्राज्ञिक अनुसन्धानमूलक परियोजनाहरू  सम्पन्न गरे वापत –  अङ्क

 प्राज्ञिक अनुसन्धानमूलक परियोजना सम्पन्न गरे वापत (दुई वटासम्म मात्र गणना हुने) प्रमुख अनुसन्धानकर्ता भए प्रति परियोजना तीन अङ्कका दरले अधिकतम ६ अङ्क

अनुसन्धान टोली सदस्यका रूपमा कार्य गरेको भए प्रति परियोजना कुल तीन अङ्कमा दामासाहीले हुन आउने अङ्क प्रदान गरिने ।

(च) विश्वविद्यालयसम्बन्धी सोचपत्र (Vision Paper) र त्रिभुवन विश्वविद्यालयको चार वर्षे व्यावसायिक कार्ययोजना (Professional Work Plan बापत  –पैतीस अङ्क

(क) सोचपत्र (Vision Paper ) –पन्ध्र अङ्क

 पन्ध्र अङ्कलाई यसरी विभाजन गरेको छ

विश्वविद्यालयको गुणस्तर अभिवृद्धि प्रभावकारिता –तीन अङ्क

विश्वविद्यालयको सम्पत्तिको आर्जन, उपयोग र आत्मनिर्भरता –तीन अङ्क

आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको सुदृढीकरण –तीन अङ्क

विश्वविद्यालयलाई प्राज्ञिक केन्द्रको रुपमा विकास –तीन अङ्क

विश्वविद्यालयको पारदर्शिता तथा जवाफदेहिता –तीन अङ्क)

(ख) त्रिभुवन विश्वविद्यालयको चार बर्षे व्यावसायिक कार्ययोजना (Professional Work Plan) –बीस अङ्क

बीस अङ्कलाई यसरी विभाजन गरेको छ 

(त्रिभुवन विश्वविद्यालयको विद्यमान अवस्था तीन अड विद्यमान अवस्थामा देखिएका समस्या सहितको SWOT Analysis -पाँच अङ्क,

त्रिभुवन विश्वविद्यालयको अन्य विश्वविद्यालयसँगको अन्तरसम्बन्धको विश्लेषण- तीन अङ्क

रणनैतिक सुधार गर्नु पर्ने क्षेत्रहरुको पहिचान - चार अङ्क,

त्रिभुवन विश्वविद्यालयको समग्र सुधार कार्ययोजना सहितको विवरण –पाँच अङ्क )

(छ) प्रस्तुतीकरण वापत –बीस

बीस अङ्कलाई यसरी विभाजन गरेको छ

उच्च शिक्षासम्बन्धी विश्वविद्यालय सुधारको ज्ञान, त्रिभुवन कार्ययोजना कार्यान्वयनमा स्पष्टता –सात अङ्क

 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव तथा अभ्याससँग सामञ्जस्यता र विश्लेषण क्षमता –६ अङ्क

नवप्रवर्तन, तार्किक क्षमता र वस्तुनिष्ठता –सात अङ्क

(ज) अन्तर्वार्ता वापत– पन्ध्र

• अन्तर्वार्ताकारहरुले प्रदान गरेको अङ्कको औषत अङ्क कायम गरी प्राप्ताङ्क कायम हुने । अन्तर्वार्ताकारले अङ्क प्रदान गर्दा यस वापतको जम्मा अङ्कको सत्तरी प्रतिशत भन्दा बढी र पैतीस प्रतिशतभन्दा कम अङ्क दिँदा कारण खुलाउनु पर्नेछ ।

A Levels MA
Thuprai - Books and E-books