After SEE Portal

केन्द्रले स्थानीय तहसंग पाँच वर्षको विवरण माग्यो

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई आर्थिक वर्ष २०७३–०७४ देखि ०७५–०७६ सम्म सम्पादन भएका शिक्षा सम्बन्धी सम्पूर्ण विवरण पठाउन पत्राचार गरेको छ । केन्द्रले सम्बन्धित  शिक्षा विकास तथा समन्वय इकाइमार्फत् विवरण माग गरेको हो ।

संवैधानिक व्यवस्था अनुरुप संघीयता कर्यान्वयन संधै आ.ब।०७४–७५ बाट शिक्षकहरुको तलब भत्ता,विद्यालय क्षेत्र विकास कायक्रम अन्तर्गतका क्रियाकलपा लगायतका शैक्षिक कार्यक्रम तथा बजेट स्थानीय तहमा शसर्त अनुदानमा वित्तीय हस्तान्तरण भई कार्यान्वयन भएका कार्यक्रमको विवरण केन्द्रले माग गरेको हो ।

सबै इकाइलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी विवरण पेस गर्न पत्राचार गरिएको केन्द्रका शाखा अधिकृत अर्जुन ढकालले जानकारी दिए ।

अधिकृत ढकालका अनुसार उक्त कार्यक्रमको सम्पूर्ण स्थानीय तहसंग आ।ब २०७३–०७४ , २०७४–०७५ र २०७५–०७६ मा शसर्त अनुदानका रुपमा वित्तीय हस्तान्तरण भएका बजेट उपशीर्षक अनुसारका कार्यक्रमहरु स्थानीय तहको बार्षिक बजेट तथा कार्यक्रममा समावेश भएको विवरण स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट बक्तव्य माग गरिएको हो ।

 

A Levels MA
Thuprai - Books and E-books