कायरले जस्तो राजिनामा नदिनेः शिक्षा मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै पनि हालतमा प्रधानमन्त्रीले केपी ओलीले राजीनामा नदिने बताएका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी ) को ३३ औं वार्षिकोत्सव समारोहमा बोल्दै  मन्त्री श्रेष्ठले यो अवस्थामा प्रधानमन्त्रीको राजिनामा भन्दा अविश्वासको प्रस्तावको सामना गर्नु उत्तम हुने बताए । पछिल्लो राजनैतिक घटनाक्रमको तिक्तता पोख्दै उनले भने, ‘हामी कायर होइनौं कसैले माग्दैमा राजीनामा दिने , कुनैपनि हालतमा राजीनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ । संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताउनु भएको छ ।’

‘सो समारोहमा उनले आफूहरु जनताबाट आएको हुनाले जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङ्कन गर्ने बताए ।

संसद् पुनःस्थापना भएलगत्तै कसैले प्रधानमन्त्री बन्ने सपना नदेखे हुने भन्दै उनले सपना बाँड्दैमा कोहीपनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे ।

Thuprai - Books and E-books