After SEE Portal

रु.२५ लाखको परियोजना प्रस्ताव विद्यालयसंग केन्द्रले माग्यो

Bridge Course

तपाईँको विद्यालयमा प्रयोगशाला छैनन् भने आगामी वर्षको उपलब्धी सुधारका लागि छिट्टै शिक्षा तथा मानव स्रोत केन्द्रमा परियोजना प्रस्ताव पेस गरिहाल्नुस् । चालु आर्थिक वर्ष भित्रै केन्द्रले सार्वजनिक विद्यालयलाई प्रयोगशाला, इन्टरनेट, पुस्तकालय छात्रा चेन्जिङ रुमलगायतका भौतिक संरचना निर्माण गरिदिने भएको छ । केन्द्रले राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षक तथा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन भएका विद्यालयमा प्रशिक्षकहरुको व्यवस्था गर्ने भएको छ ।

यसका लागि सामुदायिक विद्यालयले केन्द्रले तयार गरेको परियोजना प्रस्ताव ढाँचा अनुकूलको परियोजना प्रस्ताव पेस गर्ने विद्यालयलाई चालु आर्थिक वर्षमा निर्माण गरिसक्ने गरी रु. २५ लाखसम्मको परियोजना सञ्चालन गर्ने भएको छ ।

सम्बन्धित स्थानीय तहको निर्णय सहित चैत्र १० गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पेस गर्नु पर्ने केन्द्रले जानकारी दियो ।

इकाइको अभिलेख जाँच गरी कार्यक्रममा दोहोरोपना नभएका परियोजना आगामी चैत्र १५ गते भित्र केन्द्रमा पठाउनु पर्ने केन्द्रले जानकारी दियो ।

A Levels MA