A Levels MA

केन्द्रले दिएन एसईई सञ्चालनको अधिकार प्रदेशलाई (साप्ताहिक शैक्षिक गतिविधि माघ २४ – ३०)

संघीय सरकार चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनबाट हिच्चकिचाएको छ । सोमबार मन्त्री परिषद्बाटै निर्णय गराएर साविककै आधारमा एसईई सरञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । कानुनी व्यवधान देखाएर मन्त्रीपरिषदेले यस्तो निर्णय गरेको हो । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) साविकझै केन्द्रीयस्तरबाट सञ्चालन हुने भएको छ ।

कोरोना खोप शिक्षकलाई

शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायतक सरोकारवाला निकायले लाखौ विद्यार्थीसंग जोडिने र फ्रन्ट लाईनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने बताउदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध पठाएको छ ।

चरम शिक्षक अभाव

यो हप्ता कर्णाली प्रदेश जाजरकोट जिल्लाको भेरी नगरपालिकामा निमावि र मावि तहमा चरम शिक्षक अभावको समाचार बाहिरिएको छ । ५४ विद्यालय सञ्चालनमा आएको सो नगरपालिकामा २४६ जना मात्र सरकारी अनुदानका शिक्षक कार्यरत रहेका छन् । कुनै पनि विद्यालयका निमावि र माविमा पर्याप्त शिक्षक दरबन्दी छैन । एउटा शिक्षकले सबै कक्षा धान्नु पर्ने अवस्था विद्यमान रहेको शिक्षा शाखाले जानकारी दियो ।

भएनन् पदाधिकारी नियुक्ति

गत असोजदेखि खाली रहेको शिक्षक सेवा आयोगले यो हप्ता पनि पदाधिकारी पाउन सकेन । शिक्षा मन्त्रीको निरीहता वा लोलुपताका कारण छनोट समितिले सिफारिस गरेका व्यक्तिलाई सरकारले नियुक्त गर्न नसकेको शिक्षा मन्त्रालयमा नै चर्चा हुन थालेको छ ।

दैनिक प्रशासनिक तथा बार्षिक कार्यप्रणाली नै असरपरी रहँदा समेत सो समितिले पूर्णता पाउन सकेको छैन । पदाधिकारी नियुक्तिका लागि विभिन्न पेसागत संघसंगठनले दवाव दिइरहेको भए पनि अहिलेसम्म सरकारले सो दवावलाई सुनुवाई गर्न सकेको छैन ।

शिक्षक सेवा आयोगको स्थापना दिवसको अवसरमा सम्बोधन गर्न पुगेका मन्त्रीकृष्णगोपाल श्रेष्ठले छनोट समितिले गरेको सिफारिस चाँढै मन्त्री परिषद्मा लैजाने बताए पनि उनले सो सिफारिस मन्त्री परिपषदमा अहिलेसम्म लान चाहेका छैनन् ।

पाठ्क्रम अद्यावधिक

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ को पाठ्यक्रम अद्यावधिक गरेको छ । केही विषयका पाठ्यवस्तु परिवर्तन समेत गरेको छ । केन्द्रले परिवर्तित पाठ्यक्रमको कार्यान्वयनका लागि फागुन २ गते देखि कक्षा ११ र १२ को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धी अभिमुखिकरण कार्यक्म समेत सञ्चालन गर्ने भएको छ ।

अमेरिकी सरकारको प्रसंशा

 विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडिपी), कक्षा १ देखि ३ सम्मका बालबालिकामा पठनसीप विकास गर्न जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी) लगायतका कार्यक्रममा आर्थिक तथा प्राविधिक पक्षमा सहयोग गर्दै आएको अमेरिकी सरकार र नेपाल सरकारका प्रतिनिधिविच यसै हप्ता समीक्षा वैठक सम्पन्न भएको छ ।

कामको वास्तविक मूल्याङ्कन नै नगरी कागजमा प्रगति मूल्याङ्कन गरिने यी कार्यक्रमको प्रभावकारी आशातीत उपलब्धिपूर्ण नभएको भन्ने विज्ञले आवाज उठाइरहेका वेला दुईपक्षीय छलफल भएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने निष्कर्ष निकालेको छ ।

Thuprai - Books and E-books