A Levels MA

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका  लागि  बजेट बढ्यो

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसरकारले यो वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका  लागि   ८ अर्ब  ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्षको तुलनामा यो वर्षको बजेटमा करिब २ अर्ब रुपियाँ बजेट बढी विनियोजन गरेको हो  ।

गत शैक्षिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने घोषणा गरेको छ। 

पढ्दै कमाउँदै कार्यक्रम थप १०० स्कुलमा विस्तार गर्ने 

शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्न उघेश्यका साथ पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गरिनेछ। थप १०० विद्यालयमा  सो कार्यक्रम विस्तार गर्ने भएको छ ।  हाल सो कार्यक्रम १४०  विद्यालयमा लागु गरिएको छ ।

Thuprai - Books and E-books