After SEE Portal

कक्षा १२ को परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा सञ्चालन गर्ने तयारीमा बोर्ड

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बार्षिक परीक्षा भदौ महिनाभित्र सञ्चालन गर्ने गरी कार्यतालिका निर्माणमा जुटेको छ । बोर्डले गत वर्षको भन्दा केही फरक मोडालिटीमा परीक्षा सञ्चालन गर्ने गृहकार्य तयारी थालेको हो । कोभिड १९ को सङ्क्रमण घट्दो क्रममा रहेको तर नियन्त्रणमा आई नसकेका अवस्थाकाकारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाकारी दिएको छ ।

विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षा विद्यार्थीको प्रमाणीकरण गर्नुभन्दा केही महिना पर्खेरै भए पनि परीक्षा लिने बोर्डको तयारी छ ।बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्त्य अवस्थाका कारण बोर्ड असारभर पर्ख र हेरकै अवस्थामा रहेको हुँदा असारको अन्त्यपछि मात्र छलफलमा जुट्ने बताए । ‘परीक्षाको तयारीका बारेमा असरपछि मात्र छलफल थालिने छ ।’ उनले भने, ‘स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर भदौसम्म परीक्षा हुने सम्भावना देखिएको छ यो वर्षको परीक्षा गत वर्षभन्दा केही फरक मोडालिटीमा सञ्चालन गर्ने तयारीमा हामी जुट्नुपर्ने छ।’

बोर्डले गत जेठ २६गतेबाट कक्षा १२ को परीक्षा लिने कार्यतालिका सार्वजनिक गरे पनि कोभिड १०को तीव्र सङ्क्रमण बढेकाले स्थगित गरेको थियो ।

कक्षा १२को परीक्षा ढिलो हुँदा विश्वविद्यालयलाई स्नातक तहको भर्ना प्रक्रियामा समेत प्रभाव पार्ने हुँदा बोर्डलाई विश्वविद्यालयको वार्षिक क्यालेन्डरलाई यथा स्थितिमा राख्न समेत समयमा नै परीक्षा सञ्चालन गर्न दवाव देखिएको छ । गत वर्ष महामारीको प्रकोपले गर्दा विश्वविद्यालयहरुले गत फागुनमा मात्रै स्नातक तहमा नयाँ विद्यार्थी भर्ना लिएका थिए ।

गत वर्ष ४० अङ्कको लिखित परीक्षा र कक्षा ११ को मूल्याङ्कनलाई समेत आधार मानेर कक्षा १२ को अन्तिम नतिजा प्रमाणीकरण गरेको थियो । गत वर्ष आन्तरिक मूल्याङ्कनलाई समेत अन्तिम मूल्याङ्कनको आधार बनाएको थियो ।

A Levels MA
Thuprai - Books and E-books