After SEE Portal

मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय एसिया प्यासिफिक युनिभर्सिटी

Bridge Course

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ ।

एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशनले मेलिसियामा पाँचतारे प्लसको अंक प्राप्त गरेको हो ।

सूचना प्रविधि सम्वन्धी सो विश्वविद्यालय मलेसियामा पाँचतारे प्लस अंकप्राप्त गर्ने विश्वविद्यालय भएको लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालानले जानकारी दिए । सो विश्वविद्यालयले लर्डबुद्धसँग सूचना प्रविधि विषयमा अध्ययनका लागि लामो समयदेखि सहकार्य गर्दै आएको छ ।

एसिया प्यासिफिक युनिभर्सिटी विदेशी विद्यार्थी अध्यययन गर्ने आधारमा मलेसियाकै सबैभन्दा ठूलो र विश्वको १६ औँ नम्बरमा रहेको लर्डबुद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि रोजगारी दर समेत शतप्रतिशत रहेको फाउण्डेशनले उल्लेख गरेको छ । एसिया प्यासिफिक युनिभर्सिटीसँग लर्डबुद्ध एजुकेशन फाउण्डेशनले लामो समय देखि सहकार्य गर्दै आएको छ ।

A Levels MA
Thuprai - Books and E-books