A Levels MA

भदौ दुई र तीन गते चालु आवको वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आव २०७९–८० को वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यक्रम आगामी भदौ दुई र तीन गते आयोजना गर्ने भएको छ ।

केन्देले हिजो एक सूचना जारी गर्दै सबै  शिक्षा विकास तथा समन्वय इकाइलाई ,केन्द्रको चालु आवको स्वीकृत वार्षिक कार्यक्रम अनुसार गत आवको प्रगति समीक्षा र चालु आवमा प्रदेश तह, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सञ्चालन हुने कार्यक्रम कार्यान्वयन सम्बन्धमा अभिमुखीकरण कार्यक्रम् आयोजना गरेको हो ।

सानोठिमीस्थित आदर्श माविको सभा हलमा आयोजना हुने सो कार्यक्रममा सहभागि हुन आउने प्रतिििनधलिे गत आको शिक्षा विकास तथा समन्वय इकाइको भौतिक तथा वित्तीय प्रगति विवरण,  स्थानीय तहबाट तयार भइइएमआइएसमा अपलोड गरिएको  प्रगति विवरण,  इकाइको वार्षिक स्थीति प्रतिवेदन,  जिल्ला भित्रका सबै स्थानीय तहको वार्षिक स्थीति प्रतिवेदन, गत आवको प्रमाणित आर्थिक विवरण आव २०७८–७९ को आलेप। प्रतिवेदन तथा जिल्लाको वेरुजुको पछिल्लो अवस्था सहितको विवरण लिएर सहभागि हुन निर्देशन दिएको छ ।

चालु आ।वमा दरबन्दी मिलान कार्य सम्पन्न गर्ने कार्ययोजना, साउन मसान्तसम्ममा अद्यावधिक हुन बाँकि स्थानीय तहगत विद्यालय र बालबिकास केन्द्रहरूको विवरण,  गत आवको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनको प्रगति विवरण,  २०७९ बैशाख १ गतेदेखि  चैत्र मसान्तसम्म रिक्त भएको र हुने दरवन्दीको तहगत र विषयगत विवरण ९विज्ञापनका लागि० र  संघीय सरकारको अनुदान पाउने गरी जिल्लाका लागि स्वीकृत बालबिकास कोटाको स्थानीय तहगत विवरण लगायतका विवरण लिएर सहभागि हुन आउन निर्देशन दिएको छ ।

Thuprai - Books and E-books